सल्यान —सल्यानमा एकीकृत समाजवादी परित्याग गरेर एक दर्जन नेता कार्यकर्ता नेकपा एमालेमा फर्कीएका छन् । आइतबार नेकपा एमाले सल्यानको दोस्रो बैठकमा सिद्ध कुमाख गाउँपालिकाका जननिर्वाचित पुर्व अध्यक्ष मान बहादुर चलाउने सहित एकिकृत समाजवादी निकट युवा संघ सल्यान सह इन्चार्ज टोपेन्द्र वली (किङजुङ), जिल्ला अध्यक्ष न्यूटन श्रेष्ठ, समाजवादी सल्यान काठमाडौं सम्पर्क मंचका अध्यक्ष वेद बहादुर भण्डारी, बुद्धिजीवी परिषद केन्द्रीय सदस्य भरत खड्का लगाएत एक जर्दन नेता कार्यकर्ता एमालेमै समाहित भएको एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिए ।
समाजवादी पार्टी एमालेबाट छुट्टिएर अलग्गै पार्टी बनेको लामो समयसम्म पनि बिद्रोहको औचित्य पुष्टि गर्न नसकेको, पार्टीमा कार्यकर्ताको निराशा भएको, महाधिवेशनमा नयाँ नेतृत्व, नयाँ उर्जा नआएको र समाजवादी पार्टीको भविष्य नदेखिएकाले आफुहरु एमालेमा समाहित भएको नवप्रवेशिहरुले बताएका छन् ।
एमालेमा फर्कने अन्य नेता कार्यकर्ताहरुमा लाल बहादुर खत्री, खिम बहादुर चलाउने, गिरदल बिक, राजेन्द्र शाह, याम बहादुर बोहरा, विनोद बोहरा, प्रेम बस्नेत रहेको एमाले सल्यानका उपसचिव गणेशमान सिंहले जानकारी दिए । एमालेमा फर्किएका उनिहरुलाई नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह, जिल्ला अधयक्ष सेन, उपाध्यक्ष ओज बहादुर बुढाथोकी लगायतका जिल्ला कमिटीका नेताहरूले स्वागत गरेका थिए । एकीकृत समाजवादी पार्टीबाट सल्यानमा आफुहरुले पहिलो विद्रोह गरेको र अब अन्य थुप्रै सहपाठीहरु पनि एमालेमा फर्किने प्रवेशीहरुको भनाइ छ ।




















