झापा — नेकपा  एकीकृत समाजवादी कोशी प्रदेश सदस्य सहित ६७ जना नेता कार्यकर्ता एमालेमा फर्किएका छन् । दमकमा पत्रकार सम्मेलन गरी नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सदस्यहरु राजेन्द्र दाहाल, मणी भण्डारीसहितका जिल्ला,पालिका र जनसंगठनका ६७ जना नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली र केन्द्रीय सदस्य दिपक कार्की लगायतले खदा लगाएर स्वागत गरेका छन।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको  जिल्ला झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट एमाले पार्टी छोडेर माधव कुमार नेपालले गठन गरेको  नेकपा एकीकृत समाजवादी गएका थिए । 

यो पनि - कोशी प्रदेशमा बामपन्थी इन्जिनियरहरु एकजुट,एसोसिएनको निर्वाचनका यी हुन् उमेदवार