काठमाडौं — नेकपा माओवादी केन्द्र सिन्धुलीका दुई जना नेताहरू एमाले प्रवेश गरेका छन् । बुधबार भएको नेकपा एमाले सिन्धुलीका जिल्ला कमिटीका सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा  माओवादी केन्द्र जिल्ला कमिटी सदस्य नरबहादुर राजन र फडिन्द्रबहादुर ठकुरी नरबहादुर राजन एमाले प्रवेश गरेका हुन् । 

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले पार्टीमा स्वागत गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले सिन्धुलीका इञ्चार्ज मनोजजंग थापा, केन्द्रीय सदस्य गणेश पहाडी, कमलजंग राई, सुवास देवकोटा, उमा कोइराला, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठलगायत थिए ।