सुनसरी—पूर्वमन्त्री अशोक राई नेतृत्वको जनता समाजबादी पार्टीका सुनसरी जिल्ला अध्यक्ष रबिन राई आफ्नो टीमसहित नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

सुनसरीमा आज आयोजित बिशेष कार्यक्रमबीच राई आफ्नो कमिटीका ५१ जना नेताहरुलाई लाम लगाएर एमाले प्रबेश गर्नुभएको हो । अध्यक्ष राईसहिका नवप्रवेसी टोलीलाई एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

नेकपा एमाले सुनसरीको नवनिर्वाचित जिल्ला कमिटिको पहिलो बैठकका अवसरमा जसपा प्रदेश सदस्य कृष्ण लिम्बू, जिल्ला सदस्यहरु मिश्रा गुरुग, अमित चन्द्रबंशी, रामभजन मेहता, सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्र स्वबियू उपसभापति टेक नाथ काफले अनिल सहित ५१ जना एमाले प्रबेश गर्नुभएको हो ।

456518088_1042358323928604_6576507677844731588_nअव आफनै नेतृत्वमा पालिका पालिकाबाट सयौं जसपा कार्यकर्ता एमाले प्रबेश गर्ने नवप्रबेशी जिल्ला अध्यक्ष राईले बताउनुभयो । एमाले सुनसरीको पहिलो बैठकलाई प्रमुख अतिथि प्रदेश इञ्चार्ज शेरधन राई, सुनसरी इञ्चार्ज जगदीश कुसियत, पूर्वमन्त्री भगवती चौधरी, एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडा, पूर्वजिल्ला अध्यक्ष रेवती भण्डारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

सो क्रममा नेताहरुले एमालेका सवै नेता कार्यकर्ता अव आफ्नो मिशनका प्रष्ट भएर जनताको हरेक समस्यामा पुग्ने अठाट लिइएको बताउनु भयो ।