काठमाडौँ —  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु विरुद्ध नाराबाजी भएको छ । सोमबार टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, सभापति देउवालगायत नेताविरुद्ध नाराबाजी भएको हो ।

टुँडिखेलमा जम्मा भएको भिडले आफूविरुद्ध नारा लगाएपछि कांग्रेस सभापति देउवा कड्किएका छन्। शुभकामना दिन मंचमा पुगेलगत्तै होहल्ला भएपछि देउवाले ‘हल्ला गर्दै गर्नुस् म आफ्नो कुरा राख्छु’ भन्दै बोल्न सुरु गरेका थिए।

होहल्ला झन् चर्किएपछि देउवाले भने,‘लाज पनि छैन। अर्काको कार्यक्रम बिथोल्ने? लाज नभएकाहरु, यही हो नेपालको संस्कृति? यही हो नेपालको चलन? यही सिकेर आएको ?बकवासहरु।’ ​

उनले गौरा पर्व बिथोल्नेहरूको घुसपैठ भएको आरोप लगाए। उनले अरूको कार्यक्रम बिथोल्नेहरूलाई जनताले ठिक पार्नुपर्ने बताए ।

भिडले आफूहरुलाई नेताहरु नचाहिने भन्दै मुर्दावादको नारा लगाएको थियो।