काठमाडौँ — नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा १७ जनाको उम्मेदवारी परेको छ। पदाधिकारी र पोलिटव्युरो चयनका लागि मंगलबार चुनाव हुँदैछ।
एकीकृत समाजवदाीको विधान अनुसार वरिष्ठ १, महिला १ र मधेसी १ र खुला ४ जनासहित ७ जना उपाध्यक्ष रहने व्यवस्था छ। जसका लागि १७ जनाको उम्मेदवारी परेको हो।
जसमा वरिष्ठमा घनेन्द्र बस्नेत र राजेन्द्रप्रसाद पाण्डे, उपाध्यक्ष महिलामा जयन्ती राई र रामकुमारी झाक्री, उपाध्यक्ष मधेसीमा धर्मनाथप्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ।
यस्तै खुला ४ उपाध्याक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ।
जसमा ललितबहादुर बस्नेत क्षेत्री, डा.गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, डा.विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा, बलरामप्रसाद बास्कोटाको उम्मेदवारी दिएका छन्।
उपमहासचिवमा युवापुस्ताबाट केसीसहित चार जनाको उम्मेदवारी दर्ता
उपमहासचिवमा ४५ वर्षमुनिको युवापुस्ताबाट लक्ष्मण केसीले उम्मेदवारी दिएका छन् । चार उपमहासचिव पदका लागि हुने निर्वाचनमा नयाँ पुस्ताबाट केसीको उम्मेदवारी परेको हो । केसीले उपमहासचिव उम्मेदवारीको १ नम्बर क्रमसंख्यामा उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि केन्द्रीय सदस्य केन्द्रीय संगठन विभागको सचिव रहेका केसीलाई अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले ग्रिन सिग्नल दिएपछि उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् । सल्यानका केसी लामो समयदेखि अध्यक्ष माधव नेपालको निकट सहयोगीका रूपमा काम गर्दै आएका थिए । यस्तै उपमहासचिवका लागि कोशी प्रदेशका पूर्व मुख्यमनत्री राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायतको पनि उम्मेदवारी परेको छ ।
केहीबेरपछि चुनावी प्रक्रिया सुरु हुनेछ।
समाजवादीले महाधिवेशन सकेको लामो समयपछि पदाधिकारी छान्न चुनाव गर्न लागेको हो। नेतृत्वको आकांक्षी धेरै भएको र सर्वसम्ममति हुने सम्भावना नरहेपछि चुनावी विधिबाट छान्न लागेको जगन्नाथ खतिवडाले बताए।





















