लेटाङ — तीज पर्व नजिकिए संगै नेपाल राष्ट्रिय शिक्षक संगठन लेटाङ नगर समितिले विशेष कार्यक्रम सम्पन्न गरेको छ। शनिबार संगठनले लेटाङ नगरपालिका-५ स्थित श्री सुर्य प्राथमिक विद्यालयलमा तीज विशेष कार्यक्रम गरेको हो । 

तीज विशेष कार्यक्रममा शुभकामना आदानप्रदान तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको संगठनका नगर अध्यक्ष कृष्णप्रसाद निरौलाले जानकारी दिए । 

कार्यक्रममा संगठनका कोशी प्रदेश उपमहासचिव हरीप्रसाद धिमाल,प्रदेश समितिको पूर्व सदस्य नरेन्द्रबहादुर खड्का,मोरङ जिल्ला सदस्य राजेन्द्र खतिवडा,लेटाङ नगर अध्यक्ष कृष्णप्रसाद निरौला लगायतले तिज पर्वको महत्व,महिला सशक्तीकरण, र शैक्षिक सुधारका विषयमा आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा शिक्षक शिक्षिकाहरूले तीजको पारम्परिक भेषभूषामा सजिएर विशेष सांस्कृतिक प्रस्तुति गरेका थिए । संगठनको लेटाङ नगर महिला विभाग सदस्य तथा श्री प्रावि की प्रधानाध्यापक धनकुमारी लिंखाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई नगर सचिव तथा श्री शिक्षा विकास माविका प्रधानाध्यापक लक्ष्मी मिश्रले संचालन गरेका थिए।