काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा स्टाटस डिलिट भएपछि यतिबेला उनी चर्चामा छन् ।
उनले गत आईतवार लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माले एक नाबालिकालाई विगत ८ वर्ष देखि बाल शोषण गर्दै आएको आरोप लगाउँदै लेखेको स्टाटस डिलिट भएपछि उनी चर्चामा आएका हुन् ।
आज मंगलवार विहान उनको त्यो स्टाटस डिलिट भएपछि मेयर शाहले डराएर डिलिट गरेको या आफ्नै गल्ती भएर डिलिट गरेको भन्दै उनको सामाजिक सञ्जालमा व्यापक आलोचना समेत भईरहेको छ ।
त्यही विषयलाई लिएर खण्डन गर्दै मेयर शाहले आजै साँझ करिव ५ः३० बजेको समयमा फेरी अर्को स्टाटस पोष्ट गरेका छन् । उनले उक्त पोष्टमा; आफुले उक्त पोष्ट डिलिट नगरी रिपोर्ट गरेर उडाई दिएको हो भन्ने आरोप लगाएका छन् ।
उनले स्टाटसमा, “पोष्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ हैन भने दोषी समाउ” भनेर लेखेका छन् ।





















