विराटनगर — नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले कोशी प्रदेशमा एक दिवसीय प्रशिक्षण तथा अनुगमन कार्यक्रमको आयोजना गरेको छ । 

कोशी प्रदेश कमिटीको व्यवस्थापनमा भएको कार्यक्रममा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो ।

 कार्यक्रममा अनुशासन आयोगका सचिव प्राध्यापक डाक्टर भरतराज पहाडीले अनुशाशन र आचारसहिता सम्बन्धि र अध्यक्ष केशब बडालले समग्र पार्टी नीति, अनुशासन र पारदर्शीतालगायतका विषयमा प्रशिक्षण दिएका थिए  ।

No description available.कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले  भर्खरै सम्पन्न पोलिट्ब्युरो बैठकको निर्णयका विषयमा जानकारी गराएका थिए ।  उनले कोशी प्रदेशमा नेकपा एमालेको अभियान र  नेतृत्वको कर्तव्यका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रमको अन्त्यमा नालापानी सम्बन्धि जानकारीमूलक चलचित्र समेत प्रर्दशन गरिएको थियो ।