विराटचोक — नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु मोरङले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला कमिटीको प्रशिक्षण विभागले शनिबार सुन्दरहरैँचा-१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा उक्त कार्यक्रम गरेको हो । प्रशिक्षण कार्यक्रममा नेतृत्व विकास,ए आइ प्रविधि र अनेरास्ववियु र नेकपा एमाले बीचको सम्बन्धको बारेमा प्रशिक्षण दिइएको अनेरास्ववियु मोरङको सह सचिव संगम कन्दंगवाले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकालले 'अनेरास्ववियु र नेकपा एमाले बीचको सम्बन्ध'को विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लिलाराज भट्टराईले ,एआइ प्रविधिको बारेमा र अनेरास्ववियुका केन्द्रीय नेताहरुले नेतृत्व विकासको बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सचिव मनोज ताम्ली,स्थायी कमिटी सदस्य कमल पौडेलले निर्देशनात्मक मन्तव्य राखेका थिए ।
अनेरास्ववियु प्रशिक्षण विभागका प्रमुख मनोज कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सचिव मनोज ताम्लीको प्रमुख आतिथ्यता रहेकोथियो । कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल,एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लिलाराज भट्टराई,अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोग सचिव मिलन घिमिरे ,अनेरास्ववियु कोशी प्रदेश कमिटीका सचिव सन्तोष घिमिरे,कोषाध्यक्ष नवराज घिमिरे लगायत जिल्ला कमिटीका पदाधिकारी तथा तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अनेरास्ववियु मोरङको उपाध्यक्ष रुपेश खड्काले स्वागत मन्तव्य गरेका थिए भने अनेरास्ववियु सुकुना क्याम्पसका नेता नवराज दाहालले कार्यक्रमलाई संचालन गरेका थिए ।






















