काठमाडौं— बिभिन्न पार्टी परित्याग गरी ३ सय युवाहरु नेकपा एमाले प्रवेश गरेका छन । एमाले महासचिव शंकर पोखरेलले मंगलबार आयोजित बिशेष समारोहबीच युवाहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा महासचिव पोखरेलले युवाहरुले सही बाटो रोजेको भन्दै उचित जिम्मेवारी र भूमिका दिने बताए ।

महासचिव पोखरेलले नेपाली राजनीतिमा एमालेबाहेक अन्य दलहरुको विकल्प नभएको भन्दै एमालेले युवाहरुको उचित मुल्याङकन गर्दै जिम्मेवारी प्रदान गर्ने बताए  । एमालेका केन्द्रीय सदस्य तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीका इन्चार्ज रमेश पौडेल र अध्यक्ष रामजी सापकोटाले नबप्रबेसीलाई स्वागत  गरेका थिए  ।

459320419_2777219745767224_4039190560529194451_n