विराटचोक — नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल मोरङ जिल्ला समितिले  निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण गरेको छ। महासंघले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा विराटनगर महानगरपालिका -१९ मा शिविर तथा औषधि वितरण गरेको हो ।

शुक्रबार भएको  उक्त स्वास्थ्य शिविरमा पारस अस्पताल प्रा. लि., लोकतान्त्रिक खवास संघ र अन्य संघ-संस्थाहरुले सहयोग गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवन घिमिरे रहेका थिए। अन्य विशिष्ट अतिथिहरूमा पूर्व केन्द्रीय सदस्य विनोद ढकाल, कोशी प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, प्रदेश सदस्य सत्यनारायण चौधरी,  नरेन्द्र   बस्नेत, जिल्ला अध्यक्ष बाबुराम कार्की, उपाध्यक्ष शान्ति लिम्बू लगायत अन्य नेताहरू उपस्थित थिए।

स्वास्थ्य शिविरमा महासंघका केन्द्रीय सदस्य, जिल्ला समितिका पदाधिकारी, पालिका समिति सदस्य, महानगर समितिका जनप्रतिनिधि तथा वडा नम्बर १९ का नेता कार्यकर्ताहरूको उपस्थिति रहेको महासंघ मोरङका अध्यक्ष प्रभागकुमार माझी खवासले जानकारी दिए । 

 460635065_1584111965788286_1189978663857067385_n