विराटनगर — नेकपा एमाले विराटननगर महानगर संगठन कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित पार्टी कार्यालयमा बिहिबार एक कार्यक्रमकाबीच नयाँ पदाधिकारीले सपथ  सपथ ग्रहण गरेका हुन् ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेले रोहित कोइरालाको नेतृत्वमा बनेको २०३ सदस्यीय नयाँ कमिटीलाई सपथ ग्रहण गराएका  छन् । कमिटीको उपाध्यक्षमा सुनिता श्रेष्ठ,सचिवमा बलराम गिरि(नवीन),दुई उप-सचिवमा अन्ताज हुसेन र गणेश साह रहेका छन् । 

एमाले मोरङ जिल्ला संगठन कमिटीको आयोजना भएको कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर इञ्चार्ज पर्शुराम बस्नेतलगायतले नयाँ कमिटीलाई शुभकामना दिएका थिए ।

जिल्ला संगठन कमिटीको तेस्रो पदाधिकारी बैठकले असोज ९ गते रोहित कोइरालाको नेतृत्वमा २०३ सदस्यीय महानगर कमिटी चयन गरेको थियो ।