- करण चौहान
विराटचोक — प्रगतिशील प्राध्यापक संगठन सुकुना बहुमुखी क्याम्पस इकाई समितिले नेपालीहरुको आसन्न चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार समितिले क्याम्पसको सभाहलमा बडा दशैँ, शुभ दिपावली, छठ लगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
- दशैं नजिकिदैँ आईरहेको छ , व्यापारको अवस्थाको कस्तो छ ? के भन्छन सुन्दरहरैँचाका व्यापारीहरु ?
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बरालले प्रशिक्षात्मक मन्तव्य सहित शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी संगठनका केन्द्रीय सल्हाकार पीतकुमार श्रेष्ठ, कोशी प्रदेश संयोजक डा. गोपिकृष्ण खतिवडा, सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईं, उपमेयर अकली चौधरी लगायतले नेपालीहरुको चाडपर्वको बारेमा प्रकाश पार्दै शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य राजकुमार ओझा, सदस्य धनादेवी तामाङ, उमेश उप्रेती, केन्द्रीय नेता बद्री अर्याल, पार्टी कोशी प्रदेश सल्हाकार सुरेन्द्र थापा, पूर्व सल्हाकार देवेन्द्र मास्के लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
त्यस्तै, सुकुना बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सहायक क्याम्पस प्रमुखद्वय गणेशप्रसाद दाहाल, बलराम पोखरेल, पूर्व प्राध्यापक एवम् बुद्दीजिवीहरु मोदीनी बराल, अमृतप्रसाद आचार्य, उमानाथ भट्टराई, पब्लिक क्याम्पस कर्मचारी संघ कोशी प्रदेश सचिव जिवन भट्टराई लगायतको पनि आतिथ्यता रहेको थियो ।
संगठनका सुकुना बहुमुखी क्याम्पस इकाई समिति अध्यक्ष जनार्दन गुरागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माया देवानले स्वागत मन्तव्य गरेकी थिइन् भने सिताराम खतिवडाले कार्यक्रम संचालन गरेका थिए ।




















