काठमाडौं — युवराज सफल (युवराज पौडेल) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध राजद्रोहको आरोपमा जाहेरी दिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार सफलले दुवैजनाविरुद्ध जाहेरी दर्ता गराएका हुन्। उक्त जाहेरीलाई २०८२ भदौ २३ र २४ गतेका घटनासम्बन्धी बनेको जाँचबुझ आयोगमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यसअघि, असोज २१ गते नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि मेयर बालेन र सुदन गुरुङविरुद्ध जाहेरी दिएको थियो। ती दुवै जाहेरी आयोगमा पठाइने तयारीमा छन्।




















