‘प्रतिगामी षडयन्त्रका विरुद्ध देशैभरी एमालेको जनप्रदर्शनले कार्यकर्ताको मनोबल उकास्यो’

काठमाडौं—नेकपा एमालेले प्रतिगामी षडयन्त्रका विरुद्ध आजै देशैभरी गरेको जनप्रर्दशनमा उत्साहका साथ कार्यकर्ता र जनता सहभागी भएका छन् । जेन जी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको विध्वंस र तोडफोडपछि दलका कार्यकर्ताहरुको गिरेको मनोबल एमालेको जनप्रदर्शनले उकासेको सहभागीहरुले बताएका छन् ।

एमालेको गत असोज ३१ गते सकिएको केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्र र संसद पुनस्र्थापनाको माग गर्दै देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अस्ती २२ गते देशैभरीका वडा भेला भएका थिए भनेर आज अधिकांस पालिकाहरुमा जनप्रदर्शन भएका छन् । आजको जनदप्रर्दशनलाई पार्टीका नेताहरुले विभिन्न ठाउँमा सम्बोधन गरेका छन्।

May be an image of one or more people and textपार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवनको खैरहनी नगरपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गरेका छन् । पाण्डेले भदौ २४ पछि सबैभन्दा पहिला सडक आन्दोलन मार्फत प्रतिगमनकारी कदमका विरुद्ध कार्यकर्ता र जनतालाई एमालेले अघि सारेको बताए ।

यसैगरी महासचिव शंकर पोखरेलले काभ्रेको बनेपामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जेन जी आन्दोलनका नाममा विध्वंस मच्चाउने काममा माओवादी,रास्वपा र दुर्गा प्रसाईंहरुको भूमिका रहेको बताए । उनले पश्चिमा पुँजीवादीहरुले प्रविधिसँगै हुर्किएको पुस्ताको दुरुपयोग गरेर नेपालमा विध्वंस मच्चाएको बताए ।

हामीलाई प्राप्त समाचार अनुसार पालिका पालिकामा यस अघि भन्दा ठुलो सहभागितामा कोणसभाहरु भएका छन् । उदयपुरका आठवटै पालिकामा मोटरसाइलक र्याली सहित जनप्रदर्शन भएका छन् । पालिकाहरुले प्रत्येक वडावडाबाट कार्यकर्ता र जनता र्‍यालीमा सहभागी गराएका छन् । पाल्पाका पनि दुईवटा नगरपालिका सहित १० वटै पालिकाहरुमा जनप्रदर्शन भएको सचिव रामजी पोखरेलले जानकारी दिनुभयो । पाल्पामा कहिं अन्तरक्रिया,कहीं प्रशिक्षण त कतै जनभेला भएका छन् ।गुल्मीमा भएका जनप्रदर्शनमा शुसीला कार्कीको सरकार असंवैधानिक भएको भन्दै त्यसलाई बिस्थापित गर्दै संसद पुनस्र्थापना मार्फत संविधालनाई लिकमा फर्काउने माग गरिएको छ ।

Untitled design (7) 36झापाको मेचीनगरमा बृहत मोटरसाइकल र्‍याली आयोजना गरिएको छ । दमक,गौरादह,विर्तामोड,बुद्धशान्ती लगायतका पालिकाहरुमा र्यालीले पालिका परिक्रमा गरेर कोणसभा गर्दै कार्यक्रम समापन गरिएको छ । बुद्धशान्तीको कार्यक्रममा पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल,गौरादहको कार्यक्रममा केन्द्रीय सदस्य दिपक कार्कीले सम्बोधन गरेका छन्  । मोरङको विराटनगर, सुन्दरहरैँचा लगायत विभिन्न पालिकाहरुमा बृहत मोटरसाइकल र्‍याली आयोजना गरिएको छ ।

यस्तै पोखरा महानगरको कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी खगराज अधिकारीले सम्बोधन गरेका छन्  । यसैगरी पर्वतको कुश्मामा विशाल जनप्रर्दशन भएको छ । उक्त कार्यक्रमलाई केन्द्रीय सदस्य पदम गीरीले सम्बोधन गरेका छन्। काठमाडौंका टोखा,काठमाडौं महानगर लगायतका सबै पालिकामा एमाले कार्यकर्ताले जनप्रदर्शन गरेका छन् ।

May be an image of ‎one or more people, crowd and ‎text that says '‎रक्षा संवियाटि د عن संविंथा‎'‎‎कर्णालीका केही पालिकाहरुमा हिमपातका कारण जनप्रदर्शन नभएपनि अधिकांसमा भएको छ । वीरेन्द्रनगरमा २९ गते जनप्रदर्शन गर्ने भएकोले आज नगरिएको,दुल्लुमा ३० गते हुने एमाले कर्णाली प्रदेशले जनाएको छ । यसैगरी जाजरकोटमा भएको जनप्रदर्शनलाई केन्द्रीय सदस्य निरज आचार्यले सम्बोधन गरेका छन्  । उनले खुजुरा व्यापारी जस्ता दलहरु हराउँदै जाने र एमाले नै जनताको आशा भएको बताए । दैलेखमा संसद पुनर्स्थापनाको माग गर्दै विभिन्न नारा जुलुस सहित नारायणी नगरपालिकामा एमालेले जनप्रदर्शन गरिएको छ । यहाँका ११ वटा स्थानीय तहमा आज कार्यक्रम भएको छ । चामुणडा विन्द्रासैनी नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा केन्द्रीय सदस्य विष्णु रिजालले जेन जीका माग सकारात्मक भए पनि आन्दोलनको स्वरुप विध्वंसकारी हुँदा नतिजा नकारात्मक भएको बताए ।

धनकुटाको धनकुटा बजार लगायतका ठाउँहरुमा ब्यापक जनसहभागिता सहित जनप्रदर्शन भएका छन् ।

‘भदौ २४ पछि मुर्झाएको राजनीतिक वातावरण आजको जनप्रदर्शनले पुरानै अवस्थामा फर्किएको महसुष भएको छ ’ विराटनगरका एमाले कार्यकर्ता रविन मण्डलले भने ‘एमालेको बलमा अब अरु पाटीले पनि सडकमा आउनेछन् । सुस्ताएको राजनीतिक महोल अब पुरानै अवस्थामा फर्किएको छ । ’

May be an image of one or more people, clarinet and crowd