काठमाडौं—नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल आज नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन्।

बुधबार काठमाडौंमा आयोजना हुने एक विशेष कार्यक्रममा रावल औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने तयारीमा छन्।

रावलले हालसम्म ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक अभियान सञ्चालन गर्दै आएका थिए। सो अभियानमार्फत विभिन्न जिल्लामा संगठन विस्तारमा सक्रिय रहेका रावल अब उक्त अभियानसहित नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका हुन्।

आज हुने ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावललाई पार्टी प्रवेश गराइनेछ।

आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेतासँगको भेटपछि रावलले पार्टीमा समाहित हुने निर्णय लिएका हुन्।