धरान । धरान उपमहानगरमा आगामी मंशीर १४ गतेको उप–निर्वाचनको माहोल तातिरहेका वेला नेपाल कम्युनिष्ट पाटी ( नेकपा) का उम्मेद्धवार प्रकाश राईले भारतप्रति आक्रोस ब्याक्त गरेका छन् ।
भारतले नेपालको सीमानामा विस्तारवादको नीति लिएर राजनीति गर्न खोजेको आरोप लगाएका छन् । धरान ६ स्थित पानबारीमा विहीबार नेकपाको चुनाबी घरदैलो कार्यक्रममा उम्मेद्धवार राईले भारत प्रति आक्रोस पोख्दै भारतको विरुद्ध राष्ट्रप्रेमी सम्पुर्ण नेपाली लाग्न आग्रह पनि गरेका छन् ।
उनले भने,‘केही दिन अगाडी मात्र छिमेकी राष्ट्र भारतले एउटा विस्तारबादी निति लिएको छ,हाम्रो कालोपानी,लिम्पियाधुरा र लिपुलेक गरि झण्डै ६२ स्क्वायर किलो मीटर सिमना हस्तक्षेप गरे निकालिएको नक्साप्रति मेरो सिङ्गो पाटीको नै विरोध सहित आक्रोस ब्याक्त गर्दछ।’भारतको हेपाहा र विस्तारवादी नीतिप्रति हामी सम्पुर्ण देशभक्ती, राष्ट्रप्रेमी नेपाली जनताहरु एकजुट भएर विरोधमा उत्रिनु पनि राईले आग्रह गरेका छन् ।


