काठमाडौं — वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षी दलहरूलाई न्यायालयमाथि अत्यधिक भरोसा नगर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले कांग्रेस, एमालेसहितका प्रतिपक्षी शक्तिहरूलाई राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाइँ एकसाथ लड्न आह्वान गरेका हुन्।
केपी शर्मा ओलीसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटमा बहस गरेका भट्टराईले सर्वोच्च अदालतबाट रिट जारी नभएपछि यस्तो धारणा सार्वजनिक गरेका हुन्।
उनले प्रतिपक्षी दलहरूलाई आन्तरिक रूपमा सुदृढ हुन, भ्रष्ट र अनैतिक छविका व्यक्तिहरूलाई हटाउन र दीर्घकालीन राजनीतिक संघर्षका लागि तयार रहन सुझाव दिएका छन्।
भट्टराईले पपुलिज्म उत्कर्षमा पुग्दा नागरिक अधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रको क्षेत्र संकुचित हुन सक्ने भन्दै त्यसप्रति सचेत रहनुपर्ने उल्लेख गरेका छन्।
उनले लेखेका छन्–
कांग्रेस, एमाले र अरु प्रतिपक्षीहरु,
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाई एक साथ लड्न तयार रहु।
यो लडाई अलि लामो हुन सक्छ । तसर्थ पहिले आफ्नो घर जे गर्दा बलियो हुन्छ त्यसै गर, भ्रष्ट , अनैतिक र तिर्स्कृत अनुहारहरुलाई बिदा गर । पपुलिजमको उत्कर्षमा न्यायलयको धेरै भरोशा नगर ।
पपुलिजमको उत्कर्षमा नागरिक हक, प्रेस स्वतन्त्रता र प्रजातन्त्रको स्पेस संकुचित हुन्छ भन्ने हेक्का राख ।




















