काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले वडा, पालिका तथा जिल्ला अधिवेशनको कार्यतालिका अनुमोदन गरेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले विभिन्न तहका अधिवेशनको मिति निर्धारण गरेको हो ।

बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी, पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाका १५ जना सदस्यको सदस्यता खारेज गरिएको पार्टीले जनाएको छ ।

पार्टीले आगामी केन्द्रीय महाधिवेशनको तयारीलाई तीव्र बनाइरहेको जनाएको छ । निर्धारित कार्यतालिकाअनुसार जिल्ला अधिवेशन जेठ तेइस र चौबिस गते सञ्चालन हुनेछ ।

यस्तो छ कार्यतालिका 

२०८३ जेठ २: वडा भेला (समिति गठन नभएका वडाहरूमा)

जेठ ३ : वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा)

जेठ ९ : पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा)

जेठ १० : पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका)

जेठ १६: वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा)

जेठ १७: पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका)

जेठ २३ र २४: जिल्ला अधिवेशन