काठमाडौं—विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक फेरि अवरोधगरेका छन्।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै विपक्षी दलहरूले सदन अवरोध गरेका हुन्।

यसअघि दुई पटक स्थगित भएर तेस्रो पटक बस्दा पनि उही अडान दोहोर्‍याइरहेका छन्।

सभामुख डीपी अर्यालले सदन अगाडि बढाउन सहयोग गर्नको लागि पटक पटक आग्रह गर्दा पनि उठेर विरोध जनाइरहेका छन्।