काठमाडौं—पछिल्लो समय सामाजिक सञ्जालमा भ्युज र लाइक पाउनका लागि मानिसहरूले जे पनि गर्न थालेका छन्। छिमेकी मुलुक भारतबाट सुरु भएको यसैबीच, इन्टरनेटमा अहिले एउटा निकै अनौठो र हँसाउने फेसन ट्रेन्ड भाइरल भइरहेको छ। भारतका यी 'जेन जी' (Gen Z) अर्थात् नयाँ पुस्ताका युवाहरू आफ्नी आमाले घरमा लगाउने फूलबुट्टे म्याक्सी (नाइटी) लगाएर सडकमा हिँड्दै रिल र भिडिओ बनाइरहेका छन्।
विशेषगरी इन्स्टाग्राममा यस्ता भिडिओहरूको बाढी नै आएको छ। भिडिओमा युवाहरूले नाइटी लगाएर स्टाइलिस पोज दिइरहेको र यसलाई गर्मी महिनाको 'सबैभन्दा आरामदायी पहिरन' भन्दै मजाक गरिरहेको देख्न सकिन्छ। कतिपय कन्टेन्ट क्रिएटरहरूले त यसलाई 'नयाँ स्व्याग' भन्दै साथीहरूसँगै नाइटी लगाएर सहर घुमेका भिडिओहरू समेत पोस्ट गरेका छन्।
कस्तो छ दर्शकको प्रतिक्रिया?
यो अनौठो ट्रेन्ड देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू आश्चर्यमा परेका छन् भने धेरैले यसलाई हाँसोको विषय बनाएका छन्। भिडिओहरूको कमेन्ट बक्समा मानिसहरूले रमाइला प्रतिक्रिया दिइरहेका छन्। कतिपयले "अब आमाको लुगा पनि सुरक्षित भएन" भन्दै ठट्टा गरेका छन् भने कतिपयले यसलाई "भ्युज कमाउने सस्तो तरिका" भनेर टिप्पणी गरेका छन्।
वास्तवमा यो कुनै गम्भीर फेसन ट्रेन्ड भने होइन। यो केवल सोसल मिडियामा भाइरल हुन र मनोरञ्जन (Meme) का लागि सुरु गरिएको एउटा अनौठो हर्कत मात्र हो। तर, जे भए पनि यो 'मम्मी की नाइटी' ट्रेन्डले अहिले इन्टरनेटमा भने राम्रै चर्चा बटुलिरहेको छ।




















