धरान,२४ कार्तिक । नेपाली कांग्रेस निकट तरुण दल धरान उपमहानगर समितीका सदस्य रहेका सुबास राईको नेतृत्वमा करिब १ सय ५० जना युवाहरु नेकपामा प्रवेश गरेका छन् ।

आज धरानमा भएको नेकपाको युवा परिचालन तथा स्वयंसेवक प्रशिक्षण  कार्यक्रममा नवप्रवेशी युवाहरुलाई नेकपाका नेता मुक्साहाङ मेन्याङबो, आइन्द्र विक्रम वेघा, नेकपाको तर्फबाट धरान उपमहानगरका मेयरका प्रत्याशी उम्मेदवार प्रकाश राई लगायतले अबिर लगाउदै पार्टीमा स्वागत गरेका थिए ।

संघले मंसिर १४ गते हुने निर्वाचनमा प्रत्येक बुथमा स्वयंसेवकको रुपमा २ हजार ८ सय २० जना युवाहरु परिचालन गर्ने घोषणा गरेको छ । राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य हरि लिम्बुको सभापतित्वमा भएको प्रशिक्षण भेलामा सांगितिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।