बाँके—बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाइको हत्या गरेको आरोपमा प्रहरीले भाइलाई नियन्त्रणमा लिएको छ।
आइतबार राति कोहलपुर नगरपालिका वडा नम्बर ४, गोहवामा २५ वर्षीय मनोज चौधरीको हत्या भएको थियो। उनलाई आफ्नै २० वर्षीय भाइ विनोद चौधरीले मरणसन्न हुने गरी कुटपिट गरेर हत्या गरेका हुन्।
दाइलाई कुटपिट गरेपछि विनोद घटनास्थलबाट फरार भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुर र प्रहरी बिट, मदनचोकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोमबार बिहान कोहलपुर नगरपालिका-१५ बाट पक्राउ गरेको हो।




















