खिलानाथ कोइराला
धरान, २५ कार्तिक । मंसिर १४ मा हुने उपनिर्वाचनमा धराने जनताले फेरी पनि नेकपालाइ जिताउने भएका छन । यो समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाइ जिताए अविकाशको सम्भावना हुने भन्दै धराने जनताले नेकपाका उम्वेद्धार प्रकाशलाइ जिताउने नेकपाको घरदैलो कार्यक्रममा धराने जनताले वताएका छन ।
अहिले नेपालमा नयाँ अभ्यास भएको छ यसले विभिन्न स्थानिय निकायमा भर्खर कामको रफ्तार अगाडी बढ्दै गरेको अवस्थामा दुइ वटा पार्टीलाइ धरान नगरको नेतृत्व गर्न दिए धराने जनतालाइ नै घाटा हुने भएकाले यो पटक नेकपालाइ जिताउने बाध्यत्मक अवस्था रहेको
मतदाताहरुले वताएका छन् । काम गर्ने समय भएको बेला नयाँ दलको नेतृत्व आय काममा असहज परिस्थिति आउने भन्दै नेकपाका उम्वेद्धारलाइ नै जिताउने प्रतिबद्धता धराने जनताले नेकपाका उम्वेद्धारलाइ विश्वास दिलाएका छन । एक मतददाताले भने तपाँइ ढुक्क हुनुहोस धराने जनताले तपाइलाइ नै जिताउने छन ।
यदी नेकपा भन्दा फरक दलले निर्वाचन जिते फेरी धरानको विकाशमा अवरोध हुने भएकाले नेकपालाइ जिताउनु पर्ने छ । यदी धरानमा नेकपा भन्दा अन्य दल आएमा धरानको भविष्य अन्धकार हुने पनि मतदाताहरुले वताएका छन ।





















