धरान, २६ कार्तिक । धरान उपमहानगर पालिकामा मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाका तर्फबाट मेयरको प्रत्यासि उम्मेदवार प्रकाश राइलाइ जिताउन इन्जिनियरिङका बिद्यार्थीहरुले भेला सम्पन्न गरेका छ्न ।
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालका केन्द्रिय सदस्य इन्जिनियर रोसन भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त भेलामा विभिन्न बिधामा कार्यरत इन्जिनियरहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त भेलामा प्राबिधिक तरिकाले निर्वाचनमा नेकपा लाई जिताउन इन्जिनियरले खेल्न सक्ने भूमिकाको बिस्तृत छलफल गरिएको अनेरास्ववियु कार्यबाहक अध्यक्ष प्रतीक श्रेष्ठले बताए ।अनेरास्ववियु पुर्वाञ्चल क्याम्पस कमिटीको आयोजनामा आज धरानमा भएको भेलाले निम्न निर्णयहरु गरेका छन।
१. पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी र प्रगतिशील इन्जिनियर हरुको संयुक्त भेला गर्ने ।
२.धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा माउ पार्टी नेकपालाई कसरी प्राबिधिक रुपमा सहयोग गर्न सक्ने कार्यबिधी तयार गरेको छ ।
३.इन्जिनियर प्रदीप नेपालको संयोजकत्वमा १४ सदस्यीय प्रगतिशील इन्जिनियरिङ चुनाव प्रचार प्रसार समिति गठन गरि उक्त समितिलाई परिचालन गर्ने भएको छ ।
सो निर्वाचन परिचालन समिति आजदेखिनै चुनावी अभियानमा लागेको समितिको सदस्य इन्जिनियर साइमन दाहालले बताए ।





















