काठमाडौं—नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदैछ।

शुक्रबारदेखि सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको तीनदिने भेला आज बिहान ११ बजेपछि समापन हुने कार्यक्रम छ।

प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार भेलामा विभिन्न राजनीतिक प्रतिवेदन प्रस्तुत भएका छन्। आज सहभागी प्रतिनिधिहरूले प्रतिवेदनमाथि धारणा राखेपछि भेला समापन हुनेछ।

भेलाको सभापतित्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन्। सहभागी प्रतिनिधिहरूलाई धारणा राख्न तीन मिनेटको समय दिइएको छ।

भेलाले कम्तीमा १४ वटा उपसमिति चयन गर्ने जनाइएको छ।

सर्वोच्च अदालतले कांग्रेसको नेतृत्व तथा आधिकारिकतासम्बन्धी विवादमा पुनरवलोकनको अनुमति दिएपछि देउवा समूह थप उत्साहित बनेको बताइएको छ। पाँच महिनादेखि विदेशमा रहेका निवर्तमान सभापति देउवा पनि बिहीबार स्वदेश फर्किएलगत्तै भेलामा सहभागी भएका थिए।