बेलबारी—मोरङको बेलबारीमा आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार बेलबारी नगरपालिका–८ की बालिकामाथि भदौ १ गते जबरजस्ती करणी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। घटनाबारे पीडित बालिकाकी आमाले बिहीबार इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
जाहेरी लगत्तै इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आरोपित बाबुलाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


