काठमाडौं—नेकपा (एमाले)को केन्द्रीय कमिटीमा ३३ जना सदस्य मनोनीत भएका छन्। बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनीत गर्न ३३ जनाको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो।

मनोनीत ३३ सदस्यमध्ये १३ जना अन्य दलबाट एमालेमा आएका नेता रहेको बताइएको छ। एमालेको विधानअनुसार केन्द्रीय कमिटीको १० प्रतिशत सदस्य मनोनीत गर्ने व्यवस्था छ।

मनोनीत केन्द्रीय सदस्यहरू :

काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला, शान्तिलाल महत, विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, मोहम्मद इस्तियाक राई, कौशिला खत्री, सुरेन्द्र उदास, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान र ध्रुव बिष्ट।