अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन सुकुना बहुमुखी क्याम्पस कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिहीवार आयोजित रक्तदान कार्यक्रमबाट १२३ प्रिन्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक ब्यबस्थापनमा कार्यक्रम संचालन भएको थियो भने संकलित रगत ब्लड बैंक विराटनगर पठाइएको छ ।

सुकुना क्याम्पसको स्ववियु मंचमा आयोजित कार्यक्रममा क्याम्पसका बिद्यार्थी, प्राध्यापक, छिमेकी बिधालयका बिद्यार्थी, नगरवासी युवा तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

विहान सात बजेदेखी सुरुवात भएको रक्तदान कार्यक्रममा सुन्दरहरैंचा ९ निवासी कुसुम ढकालले पहिलो रगत प्रदान गरेकी थिइन् ।