काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । 

मोदीले प्रधानमन्त्री पदको सपथ लिने समारोहमा सहभागी हुन भारत गएका प्रधानमन्त्री ओलीले बिहीबार नै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र मोदीसँग संक्षिप्त भेट गरेका थिए । उनीहरुको भेट समारोहमै भएको थियो । 

सो भेट बधाई र शुभकामनाका लागि मात्र थियो । आज बिहान भने ओली र मोदीबीच वार्ता भएको हो । हैदरावाद हाउसमा भएको भेटवार्ता भएको हो । 

दुई प्रधानमन्त्री बीचको वार्ताको विस्तृत विवरण आइसकेको छैन तर भारतीय सञ्चार माध्यमहरुका अनुसार दुई प्रधानमन्त्रीबीच शुभकामना आदानप्रदान र भलाकुसारी मात्र भएको छ । द्धिपक्षीय हितका बारे दुई प्रधानमन्त्रीले आगामी भेटमा विस्तृत कुराकानी गर्ने भएका छन् ।

भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन् । उपहार दिइएको मालाको तस्विर भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिश कुमारले टुइटरमा सार्वजनिक गरेका छन् । 

माला राखिएको बाकसमा पशुपतिनाथको तस्विर र चाँदीको बट्टा पनि रहेको छ ।