इटहरी ,३फागुन / नेपाल कम्युनिस्ट पार्टी नेकपाको मोरङ ३ नम्बर क्षेत्रीय समन्वय कमिटीको बैठक सम्मपन्न भएको छ । मोरङको बेलबारी स्थित नेकपाको पार्टी कार्यलयमा बैठक सम्पन्न भएको हो । बैठकमा क्षेत्रीय कमिटीमा मनोनीत भएका १७ जना सदस्यहरुलाइ कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज घनेन्द्र बस्नेतले सपथ ग्रहण गराएका थिए ।

सनिवार बसेको पहिलो बैठकले ३ नम्बर क्षेत्र अन्तर्गत प्रदेश कमिटी निर्माण गर्ने ,नगर र गाउँ पालिका का कमिटीको बैठक बसाउने र लेबि उठाउने निर्णय गरेको छ ।

३ नम्बर क्षेत्रीय समन्वय कमिटीका संयोजक खेम भट्टराईको अध्यक्षता बसेको बैठकमा नेकपा केन्द्रिय सदस्यहरु महेस रेग्मी , बिनोद ढकाल ,देउमान सम्बाहाम्फे,गोपि बहादुर आछामी र नेकपा मोरङ जिल्ला संयोजक ऋषिकेश पोखरेलले सम्बोधन गरेको थिए भने कार्यक्रम क्षेत्रीय समन्वय कमिटीको सचीव तथा प्रदेश सभा 'ख' का सांसद राजकुमार ओझाले बैठक संचालन गरेका थिए ।