धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एवम १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दिवंगत तत्कालिन धरान नगरपालिकाका मेयर स्वर्गीय ध्यान बहादुर राईसँग जोडेर सञ्चार माध्ययमा आएको समाचारप्रति खेद ब्यक्त गर्दै भर्तसना गरेका छन् ।
विहीबार पत्रकार सम्मेलन गर्दै फागुन ३ गते स्व. मेयर राईलाई नेकपा धरान उपमहानगरकमिटीले आयोजना गरिएको श्रद्धाञ्जली सभामा आफुले कुनै असंवेदशील र अमर्यादित भाषा नवोलेको वताएका छन् ।

उनले समाजिक सञ्जाल र केही सञ्चारमाध्यमा आएका समाचार कपोकल्पित समेत भएको वताएका छन् ।धरानमा नै आयोजना गरिएको पत्रकार सम्मेलनमा आचार्यले उक्त श्रद्धान्जली सभामा आफु प्रमुख अतिथी रहेर श्रद्धा,सम्मान र श्रद्धान्जली व्यक्त गर्न आफु विराटनगरमा आयोजना गरिएको एक कार्यक्रम समेत छोडेर धरानको कार्यक्रममा सहभागी भएको भन्दै आफुले वोलेको पुर्ण कुरा भन्दा पनि केही शव्दलाई मात्रै प्रयोग गरेर गलत प्रचारवाजी गरेको समेत वताएका छन् ।

उनले भने ,‘गलत प्रचार गर्ने मनासायले केही साथीभाईले उहाँको योगदान र सम्मानलाई समेत मान मर्दन गरेका छन्,त्यसप्रति मेरो आपती छ, खेद प्रकट गर्दछु। ’निकै लामो समयदेखि नै ध्यान बहादुर राईसँग संगत भएको र समकालिन समेत रहेकाले उनको निधनप्रति दुःख व्यक्त गर्दै परिवर्तनकारी आन्दोलनमा योगदान उच्च रहेको चर्चा परिचर्चा गरेर आफुले श्रदाञ्जली व्यक्त गरेको नेता आचार्यले वताए । ‘चाहे त्यो २०३६ सालको परिवर्तनको आन्दोलन किन नहोस्,२०४५।४६ को जन आन्दोलन र २०६२–०६३ को परिवर्तनको आन्दोलनमा स्व. राईको योगदानलाई कहिल्यै भुल्न हुँदैन’नेता आचार्यको भनाई थियो ।

आचार्यले भनेर्, उनी जनताको घरदैलोमा पुगेर जनतालाई रिजाउने मेयर थिए, विहान वेलुका जति वेला पनि जनताको घरदैलोमा पुगेर जनतासँग भलाकुसारी गर्थे,जस्ले गर्दा संसारकै क्रान्तिकारी नेता चे–ग्वाभारासँग तुलना गर्दै सम्मान व्यक्त गरेको हुँ।’‘चेग्वाभारा जस्तै जनताको घरदैलोमा पुग्ने ’फिरन्ते क्रान्तिकारी’ जनताको प्रिय थिए र जनताको प्रिय मेयर वनेका थिए, तर त्यहीँ शव्दलाई केलाएर गलत अफवाह फैलाइएको हो,’उनले भने । विज्ञप्ती समेत जारी गरेर आफुले वोलेको कुरालाई उल्टोपाल्टो पारेर भ्रम सृजना गरेको आरोप समेत उनको छ ।

जग्गा दलाल भनेको अर्को आरोपको सन्दर्भमा आचार्यले अन्तराष्ट्रिय युरोप र अमेरिकामा जग्गा व्यवसाय मर्यादित पेशा भनेर स्थापित वनेको तर नेपालमा भने अझै पनि यो पेशामा लाग्नेहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गरेको वताए । उनले भने,‘युरोप अमेरिका तिर मर्यादित पेशा हो तर नेपालमा भने यो व्यवसायलाई फरक दृष्टिकोणले हेरिन्छ,यो व्यवसाय र स्वं राईलाई अपमान गरेको होइन, सम्मानित व्यवसाय वनाउनु पर्छ भनेर स्पष्ट पारेको हुँ,तर पुरै कुरालाई भन्दा शव्दलाई मात्रै केलाएर अतिरन्जित वनाइका हो, भुठो प्रचारवाजीको खारेजी सहित दुःख व्यक्त गर्दछु । ’

पत्रकार सम्मेलनमा नेकपा उपमहानगर कमिटी धरानका नगर अध्यक्ष नारायण सुवेदीले नगर कमिटीले स्वर्गीय मेयरको सम्मान र श्रद्धा व्यक्त गर्नको लागि उहाँको स्मृतिमा श्रद्धान्जली सभा आयोजना गरिएको हो , तर कार्यक्रमको प्रमुख अतिथीले वोलेको कुरालाई सारमा नभई शव्दको टुक्रालाई मात्रै अतिरन्जित वनाइको बताए । उनले भने, ‘सम्मानित व्यक्ती माथि आक्षेप हो, राईप्रति गलत अफवाह फैलाइयो, उहाँको आस्था र उचाई माथि नै प्रहार भएको हो, त्यसको हामी खण्डन र भत्र्सना गर्दै खेद व्यक्त गर्दछौं ।’

प्रदेश नामाकरण छिट्टै हुनु पर्छ
नेता आचार्यले एक अर्को प्रसंगमा प्रदेशको नामाकरण ढिलो भएको भन्दै छिट्टै हुनु पर्ने वताएका छन् ।उनले सवैको समझदारीमा विवाद रहित ढंगले टुंग्याउनु पर्ने धारण व्यतm गरेका छन् । त्यसैगरि नामाकरण सन्दर्भलाई जाडेर १ नम्बर प्रदेशमा विभिन्न मागहरु आइरहेको भन्दै विवाद रहित ढंगले समाधान गरेर अघि वढ्नु पर्ने उनको भनाई थियो । नेता आचार्यले जोडतोडले उठिरहेको किरात प्रदेश नामाकरण विगतमा आफुले नै १ नम्बर प्रदेश किरात हुनु पर्ने आवाज उठाएको वताए ।

खोज र अनुसन्धान गरि इतिहाँसको धर्म ग्रन्थहरुमा समेत किरात शव्द उल्लेख भएको वताए । उनले भने,‘पुराण निकै पुरानो धर्मग्रन्थ हो,मैले उतm ग्रन्धमा समेत किराँत शव्द उल्लेख गरेको पाएको छ,तर यो शव्द कुनै जाती विशेषको मात्रै हो, सिंगो सभ्यता हो,त्यसैले सभ्यतालाई जातीसँग जोडेकाले समस्या भएको छ।’सभ्यताको रुपमा स्थापित गर्नु पर्छ तर अहिले जातीय ढङ्गले चलाईयो,त्यो विवाद भएर जान्छ धेरै विवाद भयो भने राम्रो हुँदैन ।औजार दैनिकबाट