बिराटचोक । १ न. प्रदेश सरकारको गौरब आयोजनाको रुपमा हेरिएको बिराटचोक-घिनाघाट फोरलेन बाटोको निर्माण कार्य तिब्र रुपमा चलिरहेको छ । दुई बर्षे ठेक्का सम्झौतामा गत भाद्र २३ गते शिलान्यास भएको उक्त आयोजना करिब पाँच महिना बित्दा नबित्दा करिब ३५ प्रतिशत काम सकिन लागेको छ ।द्रुत गतिमा भईरहेको निर्माण कार्यको अनुगमनमा शुक्रबार मुख्य मन्त्री शेरधन राई एक टोलि लिएर आफैं सडक हेर्न पुगेका छन् ।

received_611061963011104

निर्माण कामको स्थिती, गुणस्तर, जनताका समस्या, पुराना पुर्वाधारको व्यवस्थापन जस्ता विभिन्न पक्षहरुलाई मुख्यमन्त्री राइले नजिकबाट नियालेका हुन् । यति तिब्र रुपमा काम भईरहँदा जनताको मुहारमा खुशी सहजै देख्न सकिन्छ । प्रदेश राजधानी बिराटनगरको मुल प्रवेशद्वारको रुपमा घोषित उक्त सडकले सर्वसाधारणलाई धुवाँ धुलो रहित ढङ्गले छोटो समयमा राजधानी जान आउन निकै सहज पुग्नेछ । यो फोरलेन सडक निर्माण भए पश्चात् प्रदेश सरकारले परिकल्पना गरेको अत्याधुनिक बृहत् बिराट क्षेत्रको आधार समेत तय हुनेछ ।

IMG_20200221_223916 1

आफ्नो क्षेत्रको बिकासमा निकै लागी परेका सांसद राजकुमार ओझा सडक आसपासका जनताका समस्याहरु बारे मुख्य मन्त्री राईलाई ध्यानाकर्षण गराई रहेका थिए । फोरलेन बाट‍ो भित्र पर्ने पुर्वाधारको व्यवस्थापन, ड्रेन निर्माण, बिधुत व्यवस्थापन सम्बन्धमा सांसद ओझाले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । यस अघि समेत सांसद ओझाले आफ्नो क्षेत्रमा पर्ने सडक निर्माण कार्यको अवलोकन र जन गुनासोको संकलन गरेका थिए ।

मुख्य मन्त्री राईलाई सडकमा देख्दा स्थानीय जनता खुशी बनेका छन् । राई आउदैँ गरेको थाहा पाएर ठाउँ ठाउँमा फुलका माला बोकेर जनताहरु स्वागत गर्न बसेका थिए ।प्रदेश सरकारका भाैतिक पुर्वाधार बिकास राज्य मन्त्री अम्बिर बाबु गुरुङ, उधाेग वन तथा पर्यटन राज्य मन्त्री विजय विश्वास, प्रदेश सांसद राजकुमार ओझा, भौतिक पुर्वाधार मन्त्रालयका सचिव राजेश घिमिरे, सिनियर डिभिजन इन्जिनियर सुशील श्रेष्ठ, स्थानीय निकायका विभिन्न जनप्रतिनिधिहरु, ठेकेदार र विभिन्न पत्रकारहरु सहित मुख्यमन्त्रीले घिनाघाट देखि बिराटचोक सम्मका विभिन्न स्थलहरुको पहिलो पटक अनुगमन गरेका हुन् ।

रु.१ अर्व ६२ करोडको लागतमा फोरलेन सडक आयोजना संचालन भएको हो । २०७६ साल असार मसान्तमा श्रेष्ठ रमण एपेक्ससँग सम्झौता भएको बिराटचोक-घिनाघाट सडक २०७७ असार मसान्त सम्म सम्पन्न हुनुपर्नेमा हालको निर्माण कार्यलाई हेर्दा सो अवधी भन्दा अगावै सकिने अनुमान गर्न सकिन्छ ।