इटहरी /मोरङको बेलबारी–८ राधानगरस्थित एम्ब्रियो खेलमैदानमा फागुन ९ बाट शुरु भएको दुई रात तिन दिने स्काउटको संयुक्त ट्रेनिङ क्याम्प सम्पन्न भएको छ । मोरङ र झापाका आठ विभिन्न विद्यालयका दुई सय ५५ जना ११ देखि १५ वर्ष उमेर समुहका विद्यार्थीहरू शुक्रबारदेखि स्काउटको संयुक्त तालिममा सहभागी भएका थिए ।

करिब एक वर्ष अघि नेपाल स्काउटले प्रदेश १ मा स्काउट मास्टरको तालिम गरेर मास्टर उत्पादन गरेपछि पछिल्लो समय स्काउटको गतिविधि प्रदेश १का गाँउमा सम्म फैलिएको छ । क्याम्प चिफ एवम स्काउट मास्टर सन्तोष घिमिरेले नेपाल स्काउटमा पछिल्लो नेतृत्व पाए पछि पहिले देशका सुगम र शहरमा सिमित घेरामा रहेको स्काउट गाँउका विद्यार्थी माझ आएको र यसले अनुशासित र स्वलम्बन नागरिक बनाउन दिर्घकालिन महत्व राख्ने बताए ।

बेलबारीको सिंहदेवी एकेडेमीमा गत ०७६ जेठ बाट ४८ जनावाट शुरु भएको स्काउटको आकर्षण हाल यस भेगका अन्य विद्यालयमा पनि बढ्दोे रूपमा रहेको सिंहदेवी एकेडेमीका सञ्चालक रविन थापा बताउँछन् । नेपाल स्काउट अन्तर्गत संयुक्त ट्रेनिङ क्याम्पले आयोजना गरेको कार्यक्रममा उत्साहका साथ विद्यार्थीहरूले वास तथा अन्य स्थानिय वस्तुबाट डोरीमात्रको प्रयोगले जुत्ता राख्ने याक, कपडा राख्ने ह्यागंर, गेट, स्टेचर बनाउन प्रयोगात्क जिवन उपयोगो सिपका साथै सुपरम्यान क्रस, अमेगा जम्प, पलिङ डाउन, कमाण्डो व्रिज क्रस, मंकि क्रल लगायतका १४ वटा विभिन्न सहासिक खेल समावेश गरेका थिए ।
“नानीहरुले खेलको माध्यमवाट स्व अनुशासन र आत्मविश्वास बड्छ, यस्तो क्याम्पले नानिहरुलाई समुहमा बस्न र काम गर्ने कला पनि व्यवहारिक रुपमा सिकाउछ , त्यसैले यो स्काउट पाठ्यक्रममा राखिएको छ” स्काउट मास्टर एवम क्याम्प संयोजक बालद देवान बताउछन् । ‘स्काउटको अभियानबाट विद्यार्थीबीचको भात्तृत्व र भगिनित्वको सम्बन्ध विकास गर्न खोजेका हौं’ उनले भने, ‘यो अभियानले विद्यार्थीको क्षमता विकास हुन्छ ।’
उक्त क्याम्पको शुक्रबार प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मतबहादुर कार्कीले उद्घाटन गरेका थिए भने सामापन समारोहका प्रमुख अतिथिका रुपमा वेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदि रहेका थिए । कार्यक्रममा बोल्दै मेयर सुवेदिले स्काउट अभियानलाई नगरपालिका योजना बनाएर अघि बढाउने बताउदै, विद्यार्थीलाई यस्ता गतिविधिले सामाजिक, असल नागरिक र जिम्मेवार बनाउन मद्दत गर्ने बताए ।