धरान,१८फागुन। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार –प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पुर्याउनको लागि १ नम्बर प्रदेशमा‘ पुष्पलाल मित्रता केन्द्र’ गठन भएको छ ।

सुनसरीको इटहरीमा आइतबार प्रदेश स्तरीय भेला सम्पन्न भएको हो । केन्द्रका केन्द्रिय अध्यक्ष जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा भएको भेलाद्धारा भाष्कर काफ्लेको अध्यक्षतामा ३५ सदस्ययी कमिटी गठन भएको हो ।कमिटीको उपाध्यक्षमा इन्द्र वुढाथोकी र सचिवमा मोतीराज सुनुवारलाई चयन गरेको छ । अध्यक्षको जिम्मेवारीमा चयन भएका भास्कर झापाको अर्जुनधारा निवासी हुन्। त्यसैगरि उपाध्यक्ष वुढाथोकी झापाको दमक र सचिव सुनुवार धरानका हुन् ।नव गठित पुष्पलाल मित्रता केन्द्रमा १ नम्बर प्रदेशभरीका कम्युनिष्ट राजनीतिमा लागेका नेताहरुलाई समेटिएको छ ।

जिफण्टबाट मनाहरी सिवाकोटीलाई सदस्यमा चयन गरिएको छ । केन्द्रमा क्रमसः प्रदेशभरीका जिल्लाहरु भोजपुरबाट केवल राई र मेरीना राई,तेह्रथुमबाट विष्णुविक्रम सुव्वा,गणेश सेन,गोपाल दाहाल र सोम गौतम, ओखलढुङ्गाबाट शंकर कार्की र शंकर कटवाल,इलामबाट ध्रुव श्रेष्ठ,हिमाल किराती र मुना शर्मा,पाँचथरबाट उपेन्द्र दंगाल र गंगा चेम्जोङ,मोरङबाट वालेश्वर कामत,नारायणी भण्डारी र वद्री अर्याल ,उदयपुरबाट ज्ञानेन्द्र श्रेष्ठ,केन्द्र राउत, गिता खड्का र झापाबाट इन्द्र वुढाथोकी,पुष्पराज पोख्रेल लगायत छन् ।
अन्यलाई पुनः केन्द्रको वैठकले थप गर्ने जनाइएको छ ।कम्युनिष्ट संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई राष्ट्र, समाज र जनताले सवेैले सम्मान गर्दै श्रेष्ठको मागदर्शनमा सदैव अघि वढ्नु पर्ने नव गठित पुष्पलाल मित्रता केन्द्रका १ नम्बर प्रदेश सचिव मोतीराज सुनुवारले वताए । उनले भने,‘पारदर्शी,सुशासन कायम गर्न,भ्रष्टाचार अन्त्य गर्न ,नागरिक अधिकारहरुको प्रवद्र्धन र रक्षा गर्दै सम्रग राष्ट्रको हितमा केन्द्र अघि वढ्नेछ ।’१ नम्बर प्रदेश कमिटी गठन पश्चात अव केन्द्रको सांगठनिक संरचना अनुसार जिल्ला,महानगर,उपमहानगर,नगर,हरेक स्थानीय तहमा पुष्पलाल मित्रता केन्द्र गठन गरेर जाने पनि सचिव सुनुवारले वताए ।
कार्यक्रमको उद्घाटन समारोहलाई संवोधन गर्दै केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले कम्युनिष्ट संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई सम्मान गर्दै देशमा नागरिक आन्दोलन सहित विकास र सम्वृद्धि आवस्यक भएकाले सामाजिक जागरणको अभियान सहित राष्ट्र निर्माणमा सहयोग गर्ने उद्धेश्यले केन्द्र अघि वढेको वताए । उनले भने,‘पुष्पलाल मित्रता केन्द्र हाम्रा गौरवमय विगतका असल चिन्तनधाराहरुको पुनर्जागरण गर्न र सुन्दर भविष्यको सपनाको प्रगतिशील सम्वाहकको रुपमा सहकार्यका हातहरु अगाडि वढाउन स्थापित मुनाफारहित,जनहीतकारी सामाजिक संस्था हो।’ केन्द्र २०७७ साल चैत १७ गते स्थापना भएको हो ।
खतिवडाले राजनीतिक ब्यााक्तीहरुको सामाजिक संस्था हो तर राजनीतिक पार्टी को झण्डा नवोक्ने तर राजनीतिलाई सहयोग गर्ने वताए । कार्यक्रममा संविधान सभा सदस्य रेवती भण्डारी,जयन्ती राईले कार्य सफलताको शुभकामना ब्याक्त गरेका गरेको थिए भने नव गठित कमिटीलाइ मित्रता केन्द्रका उपाध्यक्ष यदुबंस झा,२ नम्बर प्रदेेश कमिटी अध्यक्ष राजकुमार यादव लगायतले बधाई दिएका थिए । केन्द्रको अहिले देशव्यापी रुपमा कमिटी गठन तीव्र रुपमा भइरहेको छ ।




















