उर्लाबारी, ३० फागुन। कोरोना भाइरसको संक्रमणको त्रास फैलाएर कृक्रिम अभाव सिर्जना नगर्न राष्ट्रिय युवा संघ नेपालले चेतावनी दिएको छ । राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीले शुक्रबार औषधि पसल तथा ग्याँस विक्री केन्द्रमा पुगेर सो सेचत गराएको हो ।
उर्लाबारीका एक दर्जन औषधि पसल तथा ग्याँस विक्री केन्द्रमा पुगेर कोरोना भाइसरको नाममा कृक्रिम अभाव सिर्जना नगर्न सचेत गराइएको उर्लाबारी नगर संयोजक राजिब लिम्बूले जानकारी दिए । माक्स, औषधि, ग्याँसलगायतको कालोबजारी सुरु भएको भन्दै संघले चिन्ता प्रकट गर्दै जनतालाई दुख दिने काम भए कडा रुपमा उत्रने चेतावनी दिएको छ ।
संघका केन्द्रीय सदस्य विजय डाँगीले कालोबजारी गरी जनतालाई दुख दिने काम नगर्न ब्यवसायीहरुलाई आग्रह गरे । उनले कृत्रीम अभाव सिर्जना गरी जनतालाई महँगो मुल्यमा सामान विक्री गरेको पाए त्यस्तालाई कानुनी कार्वाही गर्न प्रशासनलाई अनुरोध गरे ।
त्यस्तै, संघका मोरङ संयोजक नविन पौडेलले माक्सलगायतको समान सहज रुपमा विक्री वितरण गर्न सबैमा अनुरोध गरे । उहाँले जनताको हित विपरीत काम गर्ने जोकोहीलाई नछोड्ने चेतावनी दिए ।
कार्यक्रममा मोरङ सह–संयोजक शंकर भट्टराई, जिल्ला सदस्य भीष्म बुढाथोकी, रविन लामा, दिपक आले मगरलगायतको उपस्थित रहेको थियो । जनताको दुख सुखमा राष्ट्रिय युवा संघ नेपाल सहयोगी भएर अघि बढ्ने उर्लाबारी नगर सहसंयोजक योगेश बस्नेतले बताए ।
उर्लाबारीको न्युजबाट




















