बझाङमा नेपाली काङ्ग्रेस परीत्याग गरी एक सय पचास जना ले नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेस गरेका छन । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १० का नेपाली काङ्ग्रेसका पुर्ब जिल्ला कमिटी सदस्य धन बहादुर सुनार, सक्रिय कार्यकर्ता लाल बहादुर सुनार,लक्ष्मी सुनार, रोजन कामी,सन्तोष सुनार,शंकर सुनार,नविन सिजापती, प्यारु ओखेडा, सन्दिप नेपाली, ज्ञानु कामी लगायतका १ सय ५० जनाले नेपाली काङ्ग्रेस परीत्याग गरी नेकपामा प्रवेस गरेका हुन ।

बुधबार नेकपाको पार्टी कार्यालय चैनपुरमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी नेकपाका जिल्ला कमिटी अध्यक्ष मिन बहादुर कुवर , केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेशका सह इन्चार्ज भानुभक्त जोशी, केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह इन्चार्ज देवराज रेग्मी ,केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननिय भैरव बहादुर सिंह संविधान सभा सदस्य जनक बुढा, अफिलाल ओखेडा लगायतले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई दोसल्ला तथा अविर लगाई प्रवेश गराएको नेकपाका कार्यालय सचिव सुरत बहादुर सिंहले बताए ।

पछिल्लो समयमा बझाङ जिल्लामा पार्टी प्रबेश गराउनमा पार्टीका कार्यकर्ताहरु बिच प्रतिष्पर्धा नै चलेको छ । नेपाली काँग्रेसको राजनितिमा लामो समयदेखि सक्रिय भुमिकामा रहेर काम गर्दै आएको भएपनि काँग्रेसले आफ्नो सम्मान गर्न नसकेको र पार्टीका नेताहरु पनि व्यक्तिगत स्वार्थमा रुमलिएका कारण नेकपामा प्रवेश गरेको नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता लाल बहादुर सुनारले बताए । प्रवेश कार्यक्रममा बोल्देैे अब नेकपाको सफल कार्यकर्ता बनेर जनताको सेवा गर्ने उनको भनाइ छ ।