धनकुटा,९असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सम्बद्ध मार्क्सवाद अध्ययनमा रुचि राख्ने विद्यार्थीहरुले केशव कुवरको अध्यक्षतामा १९ सदस्यीय धनकुटा जिल्ला कमिटी गठन गरेका छन ।

सो ईन्स्टिच्युट अफ क्रीटिकल डाइलग (आइसिडी) को नाममा धनकुटा जिल्ला कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा सावित्रा घिमिरे सचिव सन्तोष बुढाथोकी सह-सचिव सन्दीप चेम्जोङ सह-सचिव सुवन श्रेष्ठ र कोषाध्यक्षमा सुमन पौडेल रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा नवराज पौडेल, मोहन थापा, रेजिन कार्की, हजेन्द्र पौडेल, विशाल कार्की, नेसल श्रेष्ठ, सृजना लामिछाने, दिपक कार्की, मनोज तामाङ, कुमार सापकोटा, मन्जु तामाङ, शुरेस काफ्ले, टिकाराम थापा चयन भएका छन भने सल्लाहकार मा नगेन्द्र बस्नेत र धुर्व पौडेल रहेका छन  ।  सुक्रबार आइसिडीको १ नम्बर प्रदेश कमिटीका सहसचिब प्रकाश गिरीको अगुवाइमा सो कमिटी निर्माण भएको हो ।  

मार्क्सवादको अध्ययन र प्रयोगबाट मात्रै समाजवाद प्राप्त गर्नसकिने र यो अभियानबाट १ नम्बर प्रसदेश भरीका जिल्लाहरुमा असोजको दोश्रो हप्ताभित्र कमिटीहरु निर्माण गरिने र यो अभियानमा बिधार्थिहरु स्वत स्फुर्त सक्रिय रुपमा देखिन थालेको अनेरास्ववियु,पुर्व केन्द्रिय नेता तथा आइसिडीका प्रदेस इन्चार्ज बद्री अर्यालले बताए ।

खासगरी २५ बर्ष उमेरसम्म र उनीहरुको दौतरी समुहका नया पिढिका बिधार्थीहरु जो उच्च माध्यामिक ,स्नातक ,स्नातकोत्तरमा सम्म अध्यन गरीरहेका अनेरास्ववियुमा आस्था राख्ने बिद्यार्थी कमरेडहरुलाई बैचारिक रुपमा नेतृत्वहरु उत्पादन गर्ने उदेश्यले समेत कमिटी निर्माण गरिएको र अनेरास्ववियुका पुर्व नेताहरुबाट आधुनिक प्रबिधिबाट अहिलेको अवस्थामा पनि बेलाबेलामा प्रक्षिणको ब्यावस्था गरीने नेता सह सचिब गिरीले बताए ।