सुनसरी,१२ असोज।  नेपाली कांग्रेस परित्यागगरी समाजसेवी बस्नेत मण्डलको नेतृत्वमा १७५ जना नेकपामा प्रवेश गरे २ दिन भित्रमै फेरी सुनसरीबाटै इनरुवाको जल्पापुरमा सोमवार सयौंको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन ।

पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम मा नेकपा का स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज तथा पूर्व पर्यटन मन्त्री भीम आचार्यले स्वागत गरेका छन ।

120160572_3340808412661528_829934993190311604_n 120141032_3340808282661541_5683697767579295051_n 120299917_3340808165994886_6302944763205879261_n


सो अवसरमा नेता आर्चायले दिनहु नेपाली कांग्रेस र अन्य पार्टीबाट सयौंको संख्यामा देशव्यापी रुपमा नेकपा प्रवेश गर्ने को घुईचो लाग्नुले मुलुक नेकपामय भएको बताए ।

नेकपाको विकल्प नेकपा नै भएकोले जनभावना अनुसार सरकारले काम गरेर नै देखाउनुपर्ने भन्दै पार्टीको सहमतिमा सरकार बढे सरकार लोकप्रिय हुने र आगमि निर्वाचन मा नेकपासंग प्रतिस्पर्धी पार्टी नै हराउने आचार्यले बताए ।

आचार्यले हिजो मात्रै सुनसरीको धरानस्थित विष्णुपादुका गाविस लगाएतमा वाढीपहिरो बांट क्षति बेहेरोको घर परिवारलाई राहत र पुनर्स्थापना को लागि भेटेर आएका थिए ।

३ महिना आगाडी पनि सुनसरीका बाढी पहिरो पिडित लाई राहत तथा पुनर्स्थापनाको ब्यवस्था गरिसकेका छन । कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य हरु नीरा खनाल, पोष्ट नेपाल ,पप्पू मण्डल ,जिल्ला सदस्य परशुराम यादव,लोकेश निरौला लगायतको उपस्थिती रहेको थियो ।