काठमाडाैं,१५कर्तिक। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ ।

प्रधानमन्त्री र प्रचण्डबीच कात्तिक ३ गतेपछि आज मात्र भेटवार्ता भएकाे हाे । यसअघि प्रधानमन्त्री ओलीले पटक पटक अनुराेध गर्दा पनि प्रचण्डले भेट्न मान्नुभएकाे थिएन ।

पार्टी समस्या समाधानमा प्रधानमन्त्री सक्रिय भएपनि प्रचण्ड माैन हुनुहुन्थ्याे । तर आज भने प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटार पुग्नुभएकाे हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी अध्यक्षद्धयबीचकाे वार्ता अहिले पार्टीभित्र देखिएकाे समस्या समाधानमा केन्द्रित हुने बताइएकाे छ । कर्णाली प्रकरण, मन्त्रिपरिषद् पुर्नगठन लगायत विषयलाई लिएर नेकपाका केही नेताले विवाद निकालेपछि अध्यक्षद्वयबीच कुरा हुन सकेकाे थिएन ।