रिजेन भट्टराई
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकामा नेपाली कांग्रेस पार्टी परित्याग गरी अगुवा कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन ।
फेदाप गाउपालिका अध्यक्ष हरि प्रसाद चोङ्बाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लामो समय देखी नेपाली कांग्रेसमा आस्था राखीरहेका फेदाप क्षेत्रका १७ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपा फेदाप सङ्गठन कमिटि सहइन्चार्ज बिशाल खड्काले वताए ।
कांग्रेस परित्याग गरेका सवै नेता कार्यकर्ताले नेकपाले नेतृत्व गरेको स्थानीय सरकारले जनमुखी र लोकप्रीय काम गरेको र सो काम बाट आफुहरु प्रभावित भएको जनाएका छन् । कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका अधिकांश नेता कार्यकर्ता कांग्रेस पार्टी तथा भातृ संगठनमा काम गर्दै आएका थिए ।
नवप्रबेशी सबैले नेकपाले संचालन गरेको स्थानीय तह देखी प्रदेश र केन्द्र सरकारका काम मन पराएर नेकपामा प्रवेश गरेको जानकारी दिएका छन ।




















