भोजपुर । किराँत खम्वुवान साझा पार्टीका भोजपुर जिल्ला अध्यक्ष महेन्द्र विश्वकर्मा नेकपमा प्रवेश गरेका छन । बिहिबार नेकपा भोजपुर नगरकमिटी वडा नं ५ वोखिमको आयोजनामा भएको वडादशैं, दिपावली,नेपाल सम्वत ११४१, छठ, ऊधौली,ल्होसार पर्वको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रमको अवसरमा सहित १५ जना नेपालि काङ्ग्रेशका क्रियाशील सदस्यरु केहि स्वतन्त्र ब्याक्तिहरु प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा मिलन राई, विकास नेपाली, हेमचन्द्र खत्रि, जितबहादुर खत्रि, श्रीप्रसाद धिताल, विजय राई, सुजित राई, अर्विन खड्का, प्रेमकुमार खत्रि र रचना खत्रि, सन्तोष तामाङ, खेमराज फुयल, धनकुमार फुयल लगायत रहेका छन् । सन्तोष तामाङ, खेमराज फुयल, धनकुमार फुयल स्वतन्त्र ब्याक्तीहरु बिधार्थी नेता प्रताप तामांगले जानकारी दिए ।
नवप्रवेशीहरुलाई संघीय सांसद तथा भोजपुर जिल्ला पार्टी ईन्चार्ज सुदन किराती, सहईन्चार्ज हरि राई , केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र कुमार राईले खादा र अविर लगाएर स्वागत गरेका हुन् । त्यसैगरी कार्यक्रममा,नेकपा १ नम्बर प्रदेश कमिटी सदस्यहरु राजेश खतिवडा,सुरेन्द्र उदास ,भरत तामांङ्ग, भोजपुर जिल्ला समन्वय प्रमुख लक्षमण खड्का, नेकपा भोजपुर जिल्ला कार्यलय सदस्य सरणकुमार राइ ,सचिवालय सदस्य मक्कर खड्का,जिल्ला कमिटी सदस्य सुरज पराजुली,उपमेयर ममिता राइ ,युवासंघ भोजपुर जिल्ला कमिटी संयोजक सन्दिप राइ, अनेराबियुका नेता प्रताप तामाङ्ग ,वडा सदस्य राधिका तामांग लगायतको आतिथ्य रहेको थियो

प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिने र पार्टीलाई थप बलियो र सृदृढ बनाउन विचार भावना मिल्ने सबैलाई पार्टीमा एकजुट हुन नेताहरुले आग्रह गरेका छन् । वडा कमिटीका अधक्ष्य जसबहादुर राइको अध्क्ष्यता भएको सो कार्यक्रम वडा पार्टी सचिव भवकृष्ण तामाङले संचालन गरेका थिए ।





















