काठमाडौ,२९ कार्तिक । खुशीको खबर आएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको विश्वव्यापी लडाईँ अब समाप्त हुने संकेत छ । बेलायतका अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले संयुक्त रूपमा विकास गरेको कोरोनाविरुद्ध खोपको खोप वितरण योग्य भएको पुष्टि भएको छ । योसँगै भारतले रातारात ४ करोड डोज तयार पारेको छ।

भारतस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) ले बेलायती खोप उत्पादन गरेको हो। उसले बिहीबार दिएको जानकारीअनुसार खोपको तेस्रो अर्थात् अन्तिम चरणको परीक्षण गर्न १ हजार ६ सय जनाको नामसमेत दर्ता भइसकेको छ।

बेलायतले बनाएको ‘कोभिसिल्ड’ खोपको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को निगरानीमा भारतमा परीक्षण भइरहेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। यो पुरा हुनासाथ खोप बजारमा पठाइनेछ ।