पार्टी एकता भएपछि ईश्वर पोखरेलको महासचिव पद चट् भएपछिको पिडा मुटुभित्र ‘शूल’ जस्तै बिझेको थियो । र, केही हलियाहरू मार्फत शुरूवाती दिन देखि नै पार्टी एकताको बिरोधमा गतिबिधी जारी राखेका थिए ।

ईश्वर पोखरेललाई पार्टी संगठनसॅग कुनै मतलव छैन् । उनी बर्तमान दुईतिहाई निकटको सरकारलाई अर्थोपार्जनको साधनकारूपमा प्रयोग गर्न चाहान्छन् । देश र जनताले भयंकर महामारीको सामना गरिरहेको बेला ‘ओम्नी’ मार्फत लुटको धन्दा चलाउन सफल भए ।

ishornews
उपप्रधानमन्त्री तथा नेकपाका नेता इश्वर पोखरेल (फाइल तस्विर)

 

ओम्नी मार्फतको लुटमा पार्टी संगठन र सरकारका साथै स्वास्थ्य मंत्रीलाई पनि रसातलमै पुऱ्याई छाडे । कम्रेड ईश्वर पोखरेलले आफूलाई केपी ओलीको असली वारेसकारूपमा चिनाईरहेका छन् ।तर, पोखरेलले भने जस्तो बिश्वास केपी ओलीले पोखरेललाई गरेका छैनन् ।

त्यसको उदाहरणकालागि रक्षा मंत्रालयको जिम्मेवारी खोसेर जगेडामा पठाएबाट स्पष्ट हुन्छ । नेतृत्वका बिचमा दरार उत्पन्न गराउन ईश्वर पोखरेलले सूर्य थापा जस्ता हल्लडलाई प्रयोग गरिरहेका छन् । सूर्य थापाले नेतृत्वका बिचमा दरार मात्रै होईन स्वंय प्रधानमंत्री केपी ओलीलाई समेत बिवादमा ल्याईरहेका छन् ।

माधव नेपाल, प्रचण्ड, बामदेव गौतम र डा. भीम रावलमाथि पोखरेलका हलिया सूर्य थापाले बालुवाटारको आश्रयमा गरेको आक्रमणको उदेश्य नै नेताहरूका बिचमा दरार उत्पन्न गर्नु थियो ।

त्यो दरारबाट ईश्वर पोखरेल महासचिवबाट च्युत हुनुको र जगेडामंत्री बन्नुको बदला लिन उद्धत रहेका छन् । नेकपामा देखिएको बर्तमान समस्याको मुल कारण ईश्वर पोखरेल नै हुन । यसर्थ यो बिवाद समाधानकालागि पानी ट्यांकी सफा गर्न आवश्यक भईसक्यो ।