लेनिनलाई साइवेरियाको जेलबाट रिहा गरेपछि भूमिगत रुपमा रुसी समाजवादी जनतान्त्रिक पार्टी अर्थात् सामाजिक जनवादी पार्टी उनले स्थापना गरे र संगठन गर्दै रहे । देशभित्र बस्न असजिलो भएपछि लेनिन रुसी जारको उपनिवेशिक शासन भएको फिनल्याण्डको तत्कालिन राजधानी तुर्कुमा गएर बसे । त्यहाँबाट रुसी सामाजिक जनवादी पार्टीको संगठन निर्माण र जार विरोधि आन्दोलन निर्माणमा निर्देशन दिँदै रहे । पछि तुर्कुबाट फिनल्याण्डकै अर्को सहर ताम्पारे tampare) मा आएर बसे । ताम्पारेबाट तत्कालिन रुसको राजधानी सेन्टर्सपिटरवर्ग मात्र २०० किमी थियो ।
फिनल्याण्डमा जारले गर्भनर नियुक्ति गर्दथ्यो र उक्त गर्भनरले संसदको चुनाव गराएको थियो । २०० जनाको संसदमा समाजवादी पार्टीको बहुमत आएको थियो । त्यसैले लेनिनलाई जारका विरुद्ध फिनल्याण्डमा बसेर आन्दोलन निर्माण गर्न र निर्देशन दिन केही सजिलो भएको थियो । जर्जिया वा सेन्टसपिटसवर्गबाट जोशेफ स्टालिन मोटरसाइकल चढेर लेनिन भूमिगत बसेको फिनल्याण्डको ताम्पारे शहरमा आएर निर्देशन लिएर जान्थे । रुसमा सन् १९१२ पछि जारविरुद्धको ठूलठूला संघषको शुरुवात भयो । सन् १९१६ मा लेनिन इस्टोनियामा थिए र १९१७ को क्रान्तिपछि जर्मनहरुलाई कुटनैतिक प्रयासद्धारा लेनिनले विश्वास दिलाएका थिए र जर्मनबाट रेलमा बसेर सेन्टर्सपिटर्सवर्ग हुँदै मस्को आए र तत्कालिन जार शासन ढालेर बनेको संविधान सभाको केरेनेस्की सरकारलाई पनि आम हड्तालको माध्यमबाट ढालेर आफ्नै नेतृत्वमा रुसी समाजवादी पार्टीको एकलौटी सरकार गठन गरे । जसलाई जोनरिडले १० दिनमा उठेको जनताको बिशाल पंक्तिले क्रान्ति सफल गरेर मजदुर–किसानको पहिलो समाजवादी सरकार गठन भयो भनेका छन् ।
आज लेनिन भूमिगत बसेको फिनल्याण्डको तुर्कु र ताम्पारेमा आज पनि लेनिन म्युजियम छ । ताम्पारे जाँदा लेनिन भूमिगत बसेको घरलाई पछि जोसेफ स्टालिनल लेनिन म्युजियम बनाउने घोषणा गरे । तर, उक्त म्युजियमको उद्घाटन भने जोसेफ स्टालिनको शेषपछि निकीता खुचेश्वले गरे । जहाँ स्टालिन सेन्टर्सपिटर्सवर्ग बाट लेनिनलाई भेट्न मोटरसाइकल चढेर जान्थे । जुन मोटसाइकल फिनल्याण्डको उक्त ताम्पारे म्युजियममा हाल पनि देख्न सकिन्छ । त्यहाँ लेनिन म्युजियम हेर्न जाने पर्यटकले स्टालिन चढेको मोटरसाइकलमा बसेर लेनिनले लगाएको कोट र टोपी लगाएर फोटो खिच्ने गर्दा रहेछन् । यो पंक्तिकारले पनि उक्त म्युजियमभित्र रहेको स्टालिन चढेको मोटरसाइकलमा बसेर लेनिनले लगाएको कोट र टोपी लगाएर हालसालै फोटो खिच्ने अवसर प्राप्त गरेको थियो । हे. तस्बिर । आज उक्त म्युजियम मार्फत् फिनल्याण्डले युरोप र एसियाका पर्यटक घुमाएर असख्य आम्दानी गरिरहेको छ । आज रुसमा लेनिनले स्थापना गरेको सत्ता त छैन तर त्यो म्युजियमा असंख्य रुसी नागरिक भ्रमण गर्दा रहेछन् त्यो छर्लङ्ग देखिएको छ ।
अक्टुबर क्रान्तिको विश्वमा पारेको प्रभाव- रुसमा १९१७ मा सो अक्टुवर क्रान्ति सफल भएपछि विश्वका विभिन्न देशमा माक्र्सवादको तिब्र प्रचार भयो । विशेषगरी अक्टुबर क्रान्तिको ३ वर्षपछि विश्वका सबैभन्दा बढि जनसंख्या भएका देशहरु चीन र भारतमा क्रमश १९२० र १९२१ मा कम्युनिष्ट पार्टीहरु खुले । यी देशमा भारतमा अग्रेज साम्राज्यवादको औपनिवेशिक शासन थियो भने चीनमा जापान लगायत ८ वटा साम्राज्यको उपनिवेश थियो । यी देशमा पनि भारतमा गान्धिको नेतृत्वमा र चीनमा सन यात्नसेनको नेतृवमा साम्राज्यवाद विरोधि लोकतान्त्रि पार्टीहरु खुलेर सामान्तवाद र साम्राज्यवाद विरोधि आन्दोलन चलाइरहेका थिए ।
यसैगरी माक्र्सवादी आन्दोलनले युरोपभर लहर ल्याएको थियो । पूर्वी युरोप, जर्मनी, तत्कालिन युगोस्लाभिया, इटली, पोर्चुगल लगायतका ठाउँहरुका संसदमा माक्र्सवादीहरुले धमाधम चुनाव समेत जितेका थिए । लेनिनले साम्राज्यवाद पुँजीवादको अन्तिम अवस्था (imperialism is the last phase of capitalism) भन्ने सिद्धान्त प्रसितपादन गरेका थिए । मिश्र र अफ्रिकन देशमा पनि नासेर र एन्कोमाले साम्राज्यवाद विरोधि आन्दोलन चलाएका थिए । ल्याटिन अमेरिकी देशमा पनि माक्र्सका विचारले जोड पक्डिएको थियो । हिन्द चीनमा होचिमिन्ह् र चीनमा माओत्सेतुङ तथा चाउ एनलाई जस्ता व्यक्तिहरु माक्सवादी आन्दोलनमा आए । जसले विश्वमा माक्र्सवाद यस्तो फलामे हतियार जस्तो भएर समाजमा पकड जमायो । एसिया मात्र नभएर उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र अष्ट्रेलियामा समेत माक्र्सवादी आन्दोलन उठ्यो । माक्सवादी आन्दोलन त्यसको प्रभावको अक्टुवर समाजवादी क्रान्तिले ल्यासिज फायर अर्थ व्यवस्थाको वकालत गर्ने किन्स र डब्लु डब्लु रस्टो ९] ( w.w. Rastro & J.M keynes) जस्ता अर्थशास्त्रीहरु पनि कल्याणकारी राज्य र समाजिक सुरक्षा लागु गर्ने सिद्दान्तमा फर्किए । आज, युरोप, अमेरिकामा कल्याणकारी राज्य व्यवस्था र ती राज्य व्यवस्थाले समाजवादको प्रारुप सामाजिक सुरक्षा लागु रगेका छन् । ती सब माक्र्सवाद र अक्टुवर समाजवादी क्रान्तिको प्रभाव हो । यदि लोक कल्याणकारी राज्य व्यवस्था र सामाजिक सुरक्षा लागु नगर्ने हो भने कम्युनिष्ट क्रान्तिलाई रोक्न सकिन्न भन्ने दृष्टि गोचर जे एम किन्स जस्ता अर्थशास्त्रीलाई भयो र पश्चिम युरोप सुधारिएको पुँजीवादमा आयो ।
नेपालमा यसको प्रभाव
जब अक्टुबर क्रान्तिको प्रभावले भारत र चीनमा स्वतन्त्रता आन्दोलन सुरु भयो र जोर पक्ड्यो । त्यसपछि नेपालमा प्रवेश गरेको हो । नेपालमा राणाहरुले शिक्षाको नियोजन गरे । स्कुल कलेज खोलेनन् त्यसैले विश्वका नयाँ विचार क्रान्तिको शुरुवात नेपालमा ढिला भएकै हो । भारतमा अंग्रेज विरोधी आन्दोलन सफल हुनै लागेको र चीनमा कम्युनिष्ट पार्टी सत्ता नजिक पुग्न लागेको बेलामा भारतमा अध्ययन गर्न गएका युवाहरु वीपी कोइराला,पुष्पलाल, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारी, बालचन्द्र शर्मा लगायतमा अक्टुवर समाजवादी क्रान्ति र लेनिनको प्रभाव परेको कुरा यीनले बेला-बेलामा आफ्ना विचार व्यक्त गर्दा बताएका छन् । स्वयं भारतीय स्वतन्त्रता संग्राममा लागेका भारतीय कंग्रेसका नेता जवाहरलाल नेहरु, आचार्य तीलक आदिले रुसको अक्टुवर क्रान्ति र लेनिन भनेको विश्वको शोषित पीडित राष्ट्र र जनताको पक्षमा भएको अभुतपूर्व घटना भनेका छन् । नेपालमा विपी कोइरालाले आफू अक्टुवर समाजवादी क्रान्ति र लेनिनको घटना तथा व्यक्तित्वबाट प्रभावित भएको कुरा उल्लेख गरेका छन् । पुष्पलालले त उक्त क्रान्तिको आर्दश पच्छ्याउँदै नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरे । जुन आज दुई तिाइ मत सहित संसदमा चुनाव जितेर सत्तामा छ र आधा दर्जन कम्युनिष्ट समुहह लेनिनले गरेको जस्तो एकदलिय शासन व्यवस्थाका लागि ससस्त्र क्रान्ति गर्ने भनेर आन्दोलित छन् ।

रुसमा लेनिनले क्रान्तिको नेतृत्व गरे स्टालिनले समाजवादी अर्थव्यवस्थालाई माथि उठाएर विज्ञान र प्रविधिको अभुतपूर्व विकास गरी समाजवाद श्रेष्ठ व्यवस्था भएको प्रमाणित गरे । तर, स्टालिन पछिका कम्युनिष्ट नेतृत्वले भ्रष्टाचार र निरंकुशता रुसी जनतामाथि लादेपछि ७० वर्षको समाजवाद २२ दिनको आन्दोलनबाट ढल्यो र शोभियत संघ टुक्रा टुक्रा भयो । आज रुसी महासंघमा कम्युनिष्ट पार्टी सत्तामा छैन । तर, पुटिनले केही समाजवादी आचरण देखाएका छन् । तर अक्टुवर समाजवादी क्रान्ति मनाउँदैनन् । किन की, उनले माक्र्सवाद र लेनिनवाद छोडे अनि कम्युनिष्ट दर्शन नै छोडे । तर नेपालको सत्तारुढ कम्युनिष्ट पार्टी देखि विप्लव सम्मले माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्छन् । तर पनि यी पार्टीले मनाएनन्।