संजिव पाण्डे

आज मिति २०७७ मंसिर ६ गते शनिबार, १० वजे बिरेन्द्रनगरमा राप्ती नगर कमिटीको बैठकमा प्रमुख अतिथिको रूपमा पार्टी स्थायी समिति सदस्य तथा सोहि क्षेत्रका सांसद कमरेड सुरेन्द्र पाण्डेज्यू लाई आमन्त्रण गरिएको थियो ।
कमरेड सोहि समय अनुसार कार्यक्रम स्थलमा पुग्नु भएको थियो तर कार्यक्रम निर्धारित समय भन्दा केहि ढिला शुरू भयो ।कार्यक्रम नगर सचिव कमरेड रामचन्द्र पाठकले संचालन गर्नु भएको थियो भने अध्यक्षता नगर अध्यक्ष कमरेड ईमान सिंह लामाले गर्नु भएको थियो ।

126488300_10208342165388219_1258886207041202237_n

कार्यक्रम शुरू भए पछि राप्ती नगरपालिकाको मेयर प्रभा बराल l (प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार सीता पौडेलकी भाइबुहारी) सहित हरि पौडेल, श्यामलाल, गोविन्द कडेल र ८ / १० जना केटाहरु पनि कार्यक्रम स्थल भित्र प्रवेश गरे । अरु कमरेडहरूले आसन ग्रहण गरि सक्नु भएको थियो । मेयरलाई बिचमा आसन ग्रहणका लागि नाम लिँदा ती ८/१० जनाले ठुलो आवाजमा पर्रर ताली पिटे । उहाँलाई बोल्न कार्यक्रम संचालक कमरेडले बोलाउँदा पनि ठुलो आवाजमा पर्रर ताली पिट्दै थिए ।

बैठकस्थलमा कानेखुशी पनि गर्दै थिए । यसबाटै उनीहरु किन आएका हुन् भन्ने प्रस्टै बुझिन्थ्यो । हेर्दा गतिविधि राम्रो थिएन। कार्यक्रमका अतिथि कमरेडहरू ईश्वरि भट्टराई र कृष्ण खनाल पछि बोल्ने पालो आयो प्रमुख अतिथि कमरेड सुरेन्द्र पाण्डेज्यू को कमरेडले बैठकमा बोल्ने क्रममा पार्टीको कार्यदलले कसरी काम गर्यो भन्ने कुराहरु राख्नु भयो। पुष्पलाल होस् या मदन भण्डारीको नाममा कुनै पनि फाउन्डेसनहरु नबनाउने, त्यसले पार्टीभित्र झगडाको आधार बन्यो भनेर हामीले कार्यदल भित्र छलफल गर्यो र सहमतिका साथ निश्कर्षमा पुग्यौ ।

यो कुरा हामीले दस्ताबेजमा लेख्यौं । स्थायी कमिटीले निर्णय गर्यो र यो अहिले पार्टीको निर्णय नै भइसक्यो र सबै सदस्यका वीचमा सर्कुलर पुग्या छ । यिनै कुराहरु भन्दै हुनु हुन्थ्यो । यसै बिचमा कार्यक्रम स्थल बाट केदार आचार्य, सुरज थपलिया (बाग्मति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलका सल्लाहकार तथा पुर्ब जिल्ला अध्यक्ष जगन्नाथ थपलियाका छोरा तथा प्रदेशका मन्त्री दावा लामाका ज्वाई), प्रकाश कालाखेति (प्रदेशका मन्त्री दावा लामाका अर्का पिए), सागर पौडेल (मेयर प्रभा बरालको छोरा), तार्र्केश्वरनाथ सिंह, गिरि बाबु, प्रदिप कडेल, गणेश कडेल, मेन्सिन भेंटवाल लगायत ८/१० जना नारा लगाउन थाले ।

126488300_10208342165388219_1258886207041202237_n
उनीहरुले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाए । प्रमुख अतिथि कमरेडको भाषण सकि सकेको थियो । त्यसपछि अध्यक्षले बोल्ने सेसन अन्त्य गर्नुभयो । १ बजे पूर्व निर्धारित भरतपुरको अर्को कार्यक्रममा (नेकपा जिल्ला कमिटी चितवनको कार्यकर्ता भेला) जानुपर्ने थियो । कमरेड सहित हामि कार्यक्रम स्थलबाट हिँड्यौं । आयोजक कमरेडहरू कार्यक्रमको समिक्षाको लागि त्यहि बस्नु भयो ।

यस्तो अत्यन्त गैह्र जिम्मेवारपुर्ण सुनियोजित घट्ना जो मेयरकै नेतृत्वमा भयो म घोर निन्दा तथा भर्त्सना गर्दछु । कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत भएको यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न म सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराउन चाहन्छु ।

संजिव पाण्डे
माननिय सुरेन्द्र पाण्डे को सचिवालय