राधाकृष्ण देउजा

नेकपाको आन्तरिक विवादको शृंखलासंग जोडिएका समाचारहरुले आवासीय देखि गैरआवासीय नेपाली समेत वाक्क दिक्क हुँदै छन तर पनि नेकपामा एकता हैन विवादनै बढदै रहेको देखिन्छ ।

सहमतिका कोशिस हैन , विवाद र बबण्डरकै निम्ती तम्तयारहरुको भिडको वोलवाला छ । अरु को त मतलब भएन भएन आफ्नै आम कार्यकर्ता विभाजनको पक्षमा छैनन भन्ने समेत बुझ्न नचाहेको प्रष्टनै बुझिन्छ ।

IMG_20201123_095717

नेकपाको आम कार्यकर्ताहरु ( गुटमा निर्लिप्तहरु हैन ) सदैव सुझबुझपूर्ण कुरा गर्छन त्यसैले त उनीहरु असामयिक सरकार परिवर्तनको विपक्षमा उभिए , त्यसैले त उनीहरु एक व्यक्तीमा सर्वाधिकार राख्न नहुने पक्षमा उभिए । त्यसो गर्दा कहिले उनिहरु केपी पक्षिय देखिए होलान त कहिले प्रचण्ड पक्षिय तर वास्तवमा उनीहरु नेकपा पक्षिय थिए र हुन ।

पछिल्ला दिनमा पनि उनीहरु एकातिर सचिवालय वैठकको प्रस्ताव भनेर पेश भएको आलोचनाको फेहेरिस्ताको विपक्षमै उभिए भने प्रस्तावनै दर्ज गरे वापत प्रस्तावक विरुद्ध सुरु भएको तल्लो स्तरको गालीको पनि विपक्षमा उभिए । गुट फूट नचाहने नेकपा पंक्ति चितवनमा नेता सुरेन्द्र पाण्डे विरुद्धको हमलाको विरुद्धमा जे जसरि उभियो त्यसै गरेर प्रदेशको राजधानी र नाम घोषणामा शंकर पोखरेललाइ प्राप्त सफलतामा रमायो ।

आज मात्रै पनि जव पार्टी एकताको अनेकन कोशिस हुँदै गर्दा सम्माननीय प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीमा आउने सम्भावित विग्रहलाइ ध्यानमा राखेर विपक्ष दलसंग सत्ता साझेदारी गर्न खोजेको हो कि भन्ने समाचार आउँदा नेकपाको असली पङ्क्ति त्यसको विपक्षमै उभियो ।

यो सबैको संदेश भनेको नेकपाका आम कार्यकर्ता विभाजन हैन एकताको पक्षमा छन भन्ने नै हैन ? र यदी हो भने नेकपाका श्रद्धय नेताहरु चाहिं संवाद मार्फत सहमति तर्फ फर्कनु पर्ने कार्यकर्ताको भावना विपरित किन थप द्वन्द्ध तर्फ ? कि कतै “ हेर है पार्टी फुटाएनौ भने खैरियत छैन है ” भन्ने धम्कि पो आएको त हैन ?