केराबारी,९ मंसिर । अनेरास्ववियू मोरङको एकता नटुंगिनु संस्थापन पक्षको दाेष रहेको अनेरास्ववियू मोरंगका नेता सङ्गम कन्दङवाले आरोप लगाएका छन ।  ४० औ सहिद फणीन्द्र तिम्सिना स्मृति दिवसको अवसरमा मोरङको केराबारी स्थित खदम क्याम्पसमा अनेरास्ववियूद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा नेता कन्दङवाले आरोप लगाएका हुन । 

अनेरास्ववियू मोरङको एकता प्रक्रिया टुंगि नसकिएकोले वृक्षरोपण कार्यक्रम कुन स्तरको कमिटीले आयोजना गरेको भन्ने नखुलाईएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य समेत रहेका कन्दङवाले बताए । गुटगत विवादको चर्को प्रभाव रहने अनेरास्ववियू,मोरङमा पछिल्लो समय भागबन्डाको चर्को विवाद छ।

received_1618797631637272-1210x642

जिल्ला कमिटी संयोजक र सह-संयोजक टुंगिएको वर्ष बित्न लाग्दा पनि क्याम्पस,गाउँ/नगर कमिटी टुंगो लाग्न नसकेको कन्दङवाले बताए । संस्थापन पक्षले आफ्नालाई काखी च्याप्ने र अरुलाई निषेध गरेको कारण नै अनेरास्ववियू,मोरङको एकता नटुंगिएको गुनासो नेता कन्दङ्वाले ब्याक्त गरे ।

127524028_1882213311942000_2527682644978945676_o

मंगलबार भएको सो वृक्षरोपण कार्यक्रम नेकपा,प्रदेश नम्बर १ कमिटीका सदस्य डिल्लीराम शर्मा अधिकारी प्रमुख आतिथ्य सङ्गै नेकपाका स्थानीय नेताहरूको उपस्थितिमा बिभिन्न प्रजातीका १ सय भन्दा बढी बिरुवाहरु रोपिएको थियो ।