इनरुवा , १० मंसिर 

सुनसरीमा नेपाली कांग्रेश परीत्यागगरी १५० जना नेकपामा प्रवेस गरेका छन। बुधबार कोशी गाउपालिकाको आयोजनामा भएको पार्टी प्रवेस कार्यक्रमको अवसर पारेर नेपाली काङ्ग्रेस क्षेत्रीय कमिटी सदस्य एवं पुर्व वडा अध्यक्ष पश्चिम् कुशाहा -९ का उमर अन्सारीको नेतृत्वमा १५० जना नेकपामा प्रवेश गरेका हुन।

127256981_3507479445994423_5420614515689781485_n 1

नव प्रवेशी हरुलाई कार्यक्रमका प्रमुख अथिती नेकपाका १ नम्बर प्रदेश इन्चार्ज भिम आचार्यले स्वागत गर्दै नेकपाको नेतृत्वमा १० बर्ष भित्र देशको बिकाश कायापलट हुने बताए । नेकपा कोशी गाउपालिका अध्यक्ष ब्रम्हदेब यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा अथितीहरु: नेकपा सुनसरी जिल्ला कमिटी अध्यक्ष योगेन्द्र मण्डल, नेकपा सुनसरी जिल्ला कमिटी सदस्यहरु शम्भु आचार्य ,अजय कुर्सियैत, रामचन्द्र मटियत, राम प्रसाद मेहता,मन्तु यदाब, अरुण मण्डल ,कमल आचार्य ,लोकेश निरौला लगायत रहेका छन ।

127058157_3507479712661063_8532502429978727614_n 1

सुनसरीको दक्षिणी भेगमा मात्रै हेर्ने हो भने भदौ देखि यता १ हजार भन्दा बढीले नेपाली कांग्रेश लगायत बिभिन्न पार्टी परित्यागगरी नेकपामा  प्रवेश गरिसकेका छन । अहिले सुनसरीमा नेकपामा प्रवेश गर्नेको लहर चलेको छ, भने अझै पनि धेरै संख्यामा पार्टीमा प्रवेश गर्नेहरु तयारी अवस्थामा रहेको नेकपा सुनसरी जिल्ला कमिटी सदस्य लोकेश निरौलाले बताए ।